• २०८१ बैशाख १५ शनिबार

'कथा काठमाडौँ' लाई सेलिब्रेटीको प्रसंशा

kharibot

काठमाडौँ। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म कथा काठमान्डौलाई विशेष शो मा रुचाइएको छ ।  राजधानीस्थित कुमारी हलमा आइतवार साँझ गरिएको विशेष शो माफिल्म हेरिसकेपछि सेलिब्रेटीले यसको कथावस्तु र निर्देशनसँगै कलाकारको अभिनयको प्रसंसा गरेकाछन् ।

फिल्म हेर्नको लागिपुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ , निर्माता संघका अध्यक्ष आकाश अधिकारी, माधव वाग्ले, निर्देशकन विन सुब्बा, अशोक शर्मा, प्रदीप भट्टराई, दिपेन्द्र के खनाल, साम्तेन भुटिया, दिपेन्द्र लामालगायत उपस्थित थिए ।  कलाकारतर्फ खगेन्द्र लामिछाने, दीपकराज गिरी, केदार घिमिरे , निर्मल शर्मा , जितु नेपाल , प्रशान्त ताम्राकार, पुजा शर्मा , बर्षा राउतसँगै कथा काठमान्डौ युनिटले फिल्म हेरेका थिए ।  

अहाना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई गायक विजय राईले निर्माण गरेका हुन् ।  यसमा प्रियंका कार्की , प्रमोद अग्रहरी , आयुष्मान डिएस जोशी , सन्जोग कोइराला , सन्ध्या केसी र पेक्षा अधिकारी लगायतको अभिनय रहेको छ ।  टेलि फिल्म निर्देशनमा चर्चा कमाएकी सञ्चारकर्मी संगीता श्रेष्ठले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेकी छिन ।  उनले फिल्ममा काठमान्डौका भिन्न भिन्न तिन कथालाई देखाउने प्रयास गरेकी छिन् ।  

निर्देशक प्रदीप भट्टराईले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । उनले यो फिल्म यतिबेला जे सुकै भएपनि आउदो केहि वर्षपछि यो समयमा कथा काठमान्डौ बनेको थियो भनेर हामीले अवश्य सम्झिने बताए।  समाजका यथार्थ चित्रणलाई पर्दामा चित्रण गर्ने प्रयास एकदमै राम्रो रहेको भन्दै उनले फिल्मले यो सहरको घटनाक्रमलाई देखाएको बताए।    

अर्का निर्देशक दिपेन्द्र के खनालले फिल्मले हाम्रै वरपरको कथालाई भनेको भन्दै यो एउटा सोच मात्र नभएर यथार्थ रहेको बताए। 

मिस नेपाल सदिक्षा श्रेष्ठले फिल्म हेरिरह्दा केहि भावुक बनेको भन्दै मैले न बुझेको भिन्न भिन्न कथालाई पनि फिल्ममा देकं पाएको बताइन्।  कलाकार जितु नेपालले  फिल्ममा मनोरंजन मात्र नभएर संदेश पनि रहेको बताउदै फिल्म रेगुलर फिल्मभन्दा फरक रहेको बताए । 

अभिनेत्री पुजा शर्माले फिल्म राम्रो बनेको भन्दै जसरी गीतको कारणले चर्चामा आयो त्यस्तो नभएको भन्दै महिलाको समस्या र बाध्यतासँगै यसमा सहन क्षमतालाई पनि देखाइएको बताइन् ।

अर्की अभिनेत्री वर्षा राउतले यस किसिमको फिल्म हाम्रो लागि नयाँ भएको भन्दै फिल्म आफुलाई धेरै राम्रो लागेको प्रतिक्रिया दिइन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै