• २०८१ बैशाख १५ शनिबार

कथा काठमाडौँ प्रमोशन मोफसलमा हुने, किन टाढिए प्रियंका र आयुष्मान ?

kharibot

काठमाडौँ। कान्तिपुर टेलिभिजनमा टेलिफिल्म ’कथा प्रेमका’ निर्देशन गर्दै आफुलाई भिजेसँगै निर्देशकको रुपमा समेत परिचित गराएकी संगीता श्रेष्ठ पछिल्लो समय फिल्म ’कथा काठमाण्डौ’ को काममा व्यस्त छिन । 

टेलिफिल्मको अनुभवसँगै पुस्तक ’कथामा अल्झिएका प्रेम’ समेत लेखेकी संगीताको लेखन र निर्देशनमा तयार भएको फिल्म ’कथा काठमाण्डौ’ पछिल्लो समय चर्चामा छ । रातको कुरा, जुन अनि तारालाई र त्यसपछी टाइटल गीत ’कथा काठमाण्डौ’ रिलिज पछी ट्रेलर समेत सार्वजनिक गरिसकेको युनिटले अब मोफसलमा आफ्नो प्रचारलाई अगाडी बढाउदैछ । 

भाद्र २२ बाट सुरु हुने मोफसल टुर अन्तरर्गत इटहरी , धरान , दमक , हेटौडा , नारायणगढ , बुटवल , दाङ र पोखरा लगायतका सहरमा पुगेर फिल्मको बारेमा जानकारी गराउनेछ । युनिट मोफसल टुर अन्तर्गत नै पथरी , धरान , चितवन र दाङ लगायतका स्थानको महोत्सवमा समेत सहभागी हुनेछ । काठमाण्डौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको छ । 

असोज १२ मा रिलिज हुने यसफिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । आहाना फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन । फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।

निर्देशक संगीता श्रेष्ठले फिल्मबारे जानकारी दिदै फिल्ममा भिन्न भिन्न तिन कथालाई अगाडी ल्याउने कोसिस गरेका बताइन । फिल्मले केहि पछिल्ला घटनालाई पनि रिलेट गर्ने बताउदै निर्देशक श्रेष्ठले फिल्म मनोरंजन मात्र नभई एउटा संदेश र साहसको कथा भएको बताइन । 

फिल्मको एक गितमा अभिनेत्री प्रियंका कार्की र प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण प्रियंकाको निकै आलोचना पनि भएको छ। फिल्मको ट्रेलरदेखि गीत सार्वजनिक कार्यक्रममा समेत प्रियंका र अभिनेता अयुश्मान अनुपस्थित रहेका थिए भने अहिले फिल्मको प्रचारमा पनि प्रियंका अनुपस्थित रहने भएकी छन्।

आफुले अभिनय गरेको फिल्मको प्रचार गर्नु कलाकारको कर्तब्य हुने भएपनि विवादमा आएपछि प्रियंकाले कथा काठमाडौँबाट टाढीएकी छन्। यहाँसम्म कि प्रियंकाले कथा काठमाडौँको प्रमोशन आफ्ना सामाजिक संजालका ट्रेलरसम्म सेयर गरेकी छन् तर फिल्मको गीत बहने सेयर गरेकी छैनन् । यसै फिल्मबाट नजिकिएका प्रियंका र आयुष्मान भने दुई पटक इन्गेजमेन्ट गरेर अब विवाहको तयारीमा रहेका छन्।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै