• २०८१ बैशाख १५ शनिबार

म्यारोडोनाको मेसीलाई सल्लाह, 'राष्ट्रिय टिममा फर्केर नजाउ' 

kharibot

काठमाडौँ। अर्जेन्टिनाका फुटबल लिजेण्ड डिएगो म्याराडोनाले स्टार खेलाडी लियोनेल मेसीलाई राष्ट्रिय टिमबाट सन्यास लिन सल्लाह दिएका छन्।

विश्वकपबाट बाहिरिएपछि राष्ट्रिय टिमका दुई खेलमा अनुपस्थित रहेका मेसीलाई म्यारोडोनाले अब राष्ट्रिय टिममा नफर्किन सल्लाह दिएका हुन्। म्यारोडोनाले अर्जेन्टिनी टिमको असफलतामा मेसीलाई निशाना बनाइएकोमा असन्तुष्टि व्यक्त गर्दै सो विचार व्यक्त गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्। 

म्यारोडोनाले भनेका छन्, 'अन्डर १५ टिममा हुदा अर्जेन्टिना हार्यो दोष मेसीलाई नै दिइयो, बोका जुनियर्ससँगको विवादमा पनि मेसीलाई नै दोष दिइयो, मेसीलाई सधै निशाना बनाइन्छ।' उनले भने मैले मेसीलाई भन्छु टिममा फेरी  फर्केर नजाउ, हेरौ तिनीहरु कसरी ह्यान्डल गर्छन टिमलाई। '

म्यारोडोनाले अर्जेन्टिनी फुटबल व्यवस्थापनको आलोचना गर्दै हामीले अर्जेन्टिनी फुटबलमा आर्जेको इज्जत र सम्मानलाई अहिले गुमाएको बताए।  उनले अहिले अर्जेन्टिनी फुटबलले केहि गर्न नसकेको भन्दै फुटबल खेल जित्ने इगो अर्जेन्टिनाले गुमाएको बताए।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय