काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र चन्द्रागिरि हिल्स लि.बीच मंगलबार चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरि हिल्स लि.का महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात ग्लोबल आइएमई बैंक लि.का डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहकले चन्द्रागिरिको थानकोटस्थित काउण्टरबाट केबुलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन् ।
काठमाडांैको थानकोटमा रहेको पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरिमा दिनप्रतिदिन बढ्दै गएको चापलाई ध्यानमा राख्दै बैंकले ग्राहकलाई सम्झौता दिन सहमति गरेको बताएको छ ।
बैंकले सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजस्व संकलन काउण्टर, १०३ शाखारहित बैंकिङ्ग सेवा र देशबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना ९ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको जनाएको छ ।