• २०८१ बैशाख २० बिहीबार

न्युक्यासलमाथि म्यानचेस्टर युनाइटेडको शानदार कमम्याक, साञ्चेजले गरे निर्णायक गोल

kharibot

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि सनसनीपूर्ण जित हासिल गरेको छ। गएराती भएको खेलमा म्यानचेस्टर युनाइटेडले २-० पछि परेको खेललाई उल्टाउदै ३-२ को जित निकालेको छ। 

म्यानचेस्टर युनाइटेडको जितमा जोन माटा, एन्टोनी मार्सियल र एलेक्सिस साञ्चेजले एक एक गोल गरेका थिए भने न्युक्यासलका लागि केनेडी र योशिनेरी मुटोले एक एक गोल गरेका थिए। 

न्युक्यासलले खेलको सातौ र १०औ मिनेटमा गोल गरेर २-० को अग्रता लिए पछि म्यानचेस्टर युनाइटेड दबाबमा आएको थियो । पहिलो हाफमा २-० ले पछि परेको म्यानचेस्टर युनाइटेड खेलको ७०औ मिनेटमा माटाले फ्री-किकबाट गोल गरेपछि खेलमा फर्किने सम्भावना बढेको थियो। त्यसको ६ मिनेट पछि नै मार्सियलले गोल गर्दै खेल २-२ गोलको बराबरी गरेका थिए। खेलको ९०औ मिनेटमा साञ्चेजले हेडबाट गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण जित दिलाएका थिए।  

यो जितपछि म्यानचेस्टर युनाइटेडका म्यानेजर जोसे मोरिन्होप्रतिको दबाब कम भएको छ।  युनाइटेडले अब अक्टोबर २० मा प्रिमियर लिग अन्तर्गत नै चेल्सीसँग खेल्ने छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै