• २०८१ बैशाख १४ शुक्रबार

अनेरास्ववियु आरआरको मुखपत्र विचारको विमोचन

kharibot

काठमाडौं । अनेरास्ववियु आरआरको मुखपत्र विचारको विमोचन गरिएको छ  । आइतबार आरआर क्याम्पसको सभाहलमा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको विजयादशमी, शुभदीपावली नेपाल सम्वत् तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा मुखपत्र विचारको विमोचन गरिएको हो ।

विमोचित पुस्तक विचारमा आरआर क्याम्पसका विद्यार्थी तथा शिक्षकहरुको लेख रचनालाई समावेश गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रामकुमारी झाँक्री, अनेरास्ववियु केन्द्रीय कमिटी महासचिव ऐन महर, आरआर क्याम्पस प्रमुख तथा कार्यक्रम सभापति डाक्टर निर्मला सुवाल अनेरास्ववियुका केन्द्रीय नेता, पूर्र्वविद्यार्थी नेताहरु, कालीकोटका पूर्व जिल्ला अध्यक्ष नेशनल शाही, अनेरास्ववियु केन्द्रीय सचिव सुदेश पराजुली, केन्द्रीय सदस्य आरसी लामिछाने लगायतका विद्यार्थी नेताहरु र आरआर क्याम्पसका प्रध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो  ।

यसैबीच, अनेरास्ववियु आरआरको मुखपत्रको विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नो फिल्म छक्का पञ्जा३ को प्रमोसनको लागि कलाकार दिपकराज गिरी पनि पुगेका थिए ।

उनले छमछम नाचेर मनोरञ्जन दिलाए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै