• २०८१ बैशाख १५ शनिबार

निर्मला हत्या प्रकरण : विवादित डीएनए परीक्षणबारे विज्ञसँग आयोगको छलफल 

kharibot

काठमाडौं । गत साउन दोस्रो हप्ता बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तबारे राष्ट्रिय मानवअधिकार आयोगले घटनाको सन्र्दभमा गरिएका चिकित्सकीय जाँच तथा सबुदहरुको वैज्ञानिक परीक्षणबारे विज्ञहरुसँग परामर्श गरेको छ ।

बिहीबार आयोगमा कानुनी चिकित्सा विज्ञ र डि.एन.ए विज्ञहरुसँग छलफल गरेको निमित्त सचिव मुरारी खरेलले जानकारी दिएका छन् । 

छलफलका क्रममा डि.एन.ए परिक्षण प्रतिवेदन र शव परिक्षण प्रतिवेदनका प्रतिलिपिहरुको समेत सूक्ष्म अध्ययन गरिएको थियो । 

छलफलपश्चात् आजै आयोगले केन्द्रीयप्रहरी विधि विज्ञान प्रयोगशालामा मृतक निर्मला पन्तबाट संकलित यौनिक स्वावको नमूनाहरु र सो नमूनाबाट पृथककीकरण डि.एन.ए लगायतका सबुदहरु जे जस्तो अवस्थामा छन्, सोही रुपमा सुरक्षित राख्न प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौँलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।

त्यसैगरी मृतक पन्तको यौनिक स्वाव नमूना संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाको बारे पनि जानकारी गराउन महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पत्राचार गरिएको छ । 

छलफलमा आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ती, सदस्य सुदिप पाठक, त्रि.वि.फरेन्सिक मेडिसिन विभागका कानुनी चिकित्सा विज्ञ डा. हरिहर वस्ती, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डि.एन.ए विज्ञ वैज्ञानिक डा. दिनेश झा, आयोगका नि. सचिव मुरारीप्रसाद खरेल, उपनिर्देशक लोकनाथ बाँस्तोलालगायत आयोगका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै