• २०८१ बैशाख १८ मंगलबार

रोनाल्डो बिना पोल्याण्डमाथि पोर्चुगलको सहज जित  

kharibot

काठमाडौँ।  युइएफए नेशनल लिग अन्तर्गत पोर्चुगल पोल्याण्डलाई पराजित गरेको छ। गएराती भएको खेलमा आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना खेलेको पोर्चुगलले पोल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको छ। 

राष्ट्रिय टिमका लागि सयौ खेल खेलेका रोबोर्ट लवानडोस्कीले पोल्याण्डलाई प्रेरित गर्न असफल भएका थिए। खेलको १८औ मिनेटमा पोल्याण्डका कर्जिसटोफ पियाटेकले गोल गर्दै सुरुवाती अग्रता दिलाए पनि खेलको ३१औ मिनेटमा पोर्चुगलका आन्द्रे सिल्भाले गोल गर्दै खेल १-१ गोलबराबरी गरेका थिए। त्यसपछि खेलको ४२औ मिनेटमा पोल्याण्डका कामील ग्लिकले आत्मघाती गोल गरेपछि मा पोर्चुगलले २-१ को अग्रता लिएको थियो।

त्यसपछि पोर्चुगलका बेर्नार्ड़ो सिल्भाले खेलको ५२औ मिनेटमा गोल गर्दै पोर्चुगललाई ३-१ को अग्रता दिलाएका थिए। खेलको ७७औ मिनेटमा पोल्याण्डका जाकुब ब्लास्जीकोस्कीले गोल गर्दै खेल ३-२ मा ल्याएर खेलमा फर्किने प्रयास पोल्याण्डले गरेपनि त्यो असफल भएको थियो। 

अब पोर्चुगलले मैत्रीपूर्ण खेल अन्तर्गत स्कटल्याण्डसँग खेल्ने छ  पनि रोनाल्डो अनुपस्थित रहने छन्। त्यस्तै पोल्याण्डले भने नेशनल लिग अन्तर्गत नै  प्रतिष्पर्धा गर्ने छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै