• २०८१ बैशाख १८ मंगलबार

वेल्समाथि स्पेनको जितमा पल्कासेरको दुई गोल

kharibot

काठमाडौँ। मैत्रीपूर्ण खेलमा स्पेनले वेल्सलाई ४-१ को गोल अन्तरले पराजित गरेको छ। गएराती भएको खेलमा ग्यारेथ बेल अनुपस्थित वेल्स स्पेनसँग पराजित भएको हो।  

स्पेनको जितमा पाको अल्कासेरले दुई गोल गरेका थिए भने, सर्जियो रामोस र बारत्राले एक एक गोल गरेका थिए। त्यस्तै वेल्सका लागि एक गोल साम भोक्सले गरेका थिए। 

वेल्सले स्पेनसँगका पछिल्ला ६ भेटमा केबल एक जित हासिल गरेको छ भने २ बराबरी र ३ मा हार बेहोरेको छ। अब स्पेनले नेशनल लिग अन्तर्गत आगामी सोमबार इङल्याण्डसँग खेल्ने छ भने वेल्सले रिपब्लिक आयरल्याण्डसँग खेल्ने छ।  आयरल्याण्डसँगको खेलमा बेल फिट हुने विस्वास गरिएको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै