• २०८१ बैशाख १८ मंगलबार

टि-२० विश्वकप छनौट : अन्तिम खेलमा अपराजित नेपाल र सिंगापुरको भिडन्त आज

kharibot

काठमाडौँ।  मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले आज अन्तिम खेलमा सिंगापुरसँग प्रतिष्पर्धा गर्दै छ ।

नेपाली समय अनुसार सवा १२ बजे हुने यस खेललाई यस प्रतियोगिताको फाइनलको रुपमा हेरिएको छ तर दुवै देश  एसिया पूर्वी क्षेत्रबाट छनौट भएकाले कुनै दबाब भने हुने छैन। तर यस खेलको विजेता यस प्रतियोगिताको विजेता हुने हुनाले दुवै टिमले यस खेललाई आफ्नो प्रतिष्ठाको खेल बनाउने निश्चित रहेको छ।   

प्रतियोगिता अन्तर्गत सिंगापुर र नेपाल दुवैले खेलेको सबै ५ वटा खेल जितेका छन् र टि-२० बिश्वकप एसिया छनौट खेल्न छनौट हुने पक्का गरिसकेका छन्। अंकतालिकामा नेट रन-रेटको आधारमा नेपाल पहिलो र सिंगापुर दोश्रो स्थानमा रहेको छ ।

नेपालले अहिलेसम्म यस प्रतियोगितामा म्यानमार र मलेसियालाई समान ८ विकेटले, थाईल्याण्डले १४० रनले ( डी/एल ), भुटानलाई ११७ रनले र चीनलाई १० विकेटले पराजित गरेको छ । त्यस्तै सिंगापुरले पनि म्यानमार र थाईल्याण्डलाई ८ विकेटले, चीनलाई १० विकेटले, मलेसियालाई ४० रनले तथा भुटानलाई ९५ रनले पराजित गरेको छ।

नेपालले सिंगापुरसँग खेलेका अहिलेसम्मका कुनै पनि खेलमा  छैन। टि-२० क्रिकेटको कुरागर्दा नेपालले सिंगापुरलाई सन् २००९ मा युएइमा भएको एसीसी टि-२०  र सन् २०१३ मा नेपालमै भएको एसीसी टि-२० मा पराजित गरेको थियो। त्यस्तै ५० ओभर क्रिकेटमा नेपालले पछिल्लो पटक सिंगापुरसंग गत महिना मात्रै एसिया कप छनौटमा पराजित गरेको थियो। 

नेपालका खेलाडीको कुरा गर्दा सन्दीप लामिछानेले प्रतियोगितामा ५ खेलमा २० विकेट लिएर आफ्नो उत्कृष्ट फर्म देखाएका छन् भने उनी नेपालको तर्फबाट कुनै एक प्रतियोगितामा धेरै विकेट लिने खेलाडी बन्ने दाउमा रहने छन्। यो रेकर्ड अहिलेसम्म बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको छ। रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तिन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए। यु-१९ स्तरमा राहुल बिश्वकर्माले सन् २०११ को यु-१९ बिश्वकप छनौट प्रतियोगितामा समान २१ विकेटनै लिएका थिए।

त्यस्तै ब्याटिंग तर्फ भने नेपालको समस्या पुरानै देखिएको छ।  यस प्रतियोगितामा नेपालका बलरहरुको उत्कृष्ट प्रदर्शनले ब्याटिंग ओझेलमा परेको छ। प्रदीप सिंह ऐरीले भुटानविरुद्ध ७५ रनको पारी खेलेपनि टि-२० क्रिकेटमा उनले यसका लागि ६८ बल खेलेका थिए। नेपाली ब्याट्सम्यानले अझै पनि जिम्मेवारी लिएर खेल जिताउन सक्नेमा अझै धेरै आशंका रहेको नै देखिन्छ तर सन्दीप लामिछाने, ललित राजबंशी, करन केसी, सोमपाल कामी, बसन्त रेग्मी जस्ता बलरहरुले नेपाली क्रिकेटलाई  जिताई रहेको भन्दा अन्यथा हुदैन।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै