• २०८१ बैशाख १५ शनिबार

सिंगापुर ८१ रनमा अल आउट, सन्दीपले लिए ४ विकेट 

kharibot

काठमाडौँ । मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले आज अन्तिम खेलमा सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिंग सिंगापुरले १७.३ओभरमा अल आउट हुदै ८१ रन बनाएको हो। सिंगापुरलाई अल आउट गर्ने क्रममा नेपालका बलर सन्दीप लामिछानेले ४ विकेट लिएका थिए भने सोमपाल कामी र करन केसीले २-२ विकेट लिएका थिए। 

त्यस्तै ललित राजबंशीले एक विकेट लिएका थिए। सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रन बनए भने मंप्रित सिंह र सिदान्तले १०-१० रन बनाएका थिए। 

नेपालले केहि बेरमा जवाफी ब्याटिंग गर्दै छ। 

आजको खेलमा नेपालबाट पारस खड्का (कप्तान), विनोद भण्डारी, अनिल साह, दिपेन्द्र ऐरि, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, ललित राजबंशी, शरद भेसावकर, सोमपाल कामी, करन केसी खेलिरहेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै