• २०८१ बैशाख १४ शुक्रबार

'लिगलिगका राजा' चुनिए अनिश  

kharibot

काठमाडौं । नेपाली सेनाका अनिश थापा मगर गोरखामा लिगलिगे राजा चुनिएका छन् । आइतबार आयोजित लिगलिगे दौडमा सबैलाई उछिन्दै अनिश प्रथम भएसँगै उनलाई लिगलिगे राजाको श्रीपेच लगाइएको हो । 

अनिशलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुका साथै श्रीपेच लगाइदिएका थिए । अनिश चेपेघाटदेखि लिगलिगसम्मको दूरी ५८ मिनेटमा पार गर्न सफल भएका थिए । 

नेपाल एकीकरण कालसँग जोडिएको लिगलिगे दौडको परम्परा यस वर्ष पनि धानिएको हो । त्यहाँ राजा छान्न दौड प्रतियोगिता गरिने गरेको इतिहासमा उल्लेख भएको पाइन्छ ।

१७औँ शताब्दीदेखि सुरु भएको यो परम्परा २१औँ शताब्दीसम्म आइपुग्दा मनाइरहिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै