• २०८१ बैशाख १७ सोमबार

सेनाका गजेन्द्र राईले जिते ‘लिगलिगे दौड’को उपाधि

kharibot

गोरखा । नेपाली सेनाका गजेन्द्र राईले लिगलिगे दौड जितेका छन् । बुधबार सम्पन्न गोरखाको चेपेघाटबाट लिगलिगकोटसम्मको निर्धारित १३.८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै राइले यस बर्षको ११औं संस्करणको ‘लिगलिगे दौड’ को उपाधि जितेका हुन् ।

त्यस्तै नेपाली सेनाकै नरेन्द्रसिं रावत ५६ मिनेट ५३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो बनेका छन् भने ५८ मिनेट ३५ सेकेन्डमा दूरी पार गदै अनिश थापा तेस्रो र ५८ मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै मोहनदेव जोशी चौथो बनेका छन् ।

यस प्रतियोगितामा ७० धावकको सहभागिता रहेका थियो । विजेतालाई वाजागाजासहित सम्मान गर्ने आयोजकले जानकारी गराएका छन् ।

पालुङटार नगरपालिका–५ स्थित चेपे दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दूरीमा भएको प्रतियोगितामा पहिलो हुने प्रतियोगीले एक लाख रुपैयाँ पाउने छन् भने दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौँलाई १० हजार नगद पुरस्कार वितरण गरिने आयोजक लिगलिगकोट विकास अभियानले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै