काठमाडौँ। युइएफए नेशन्स कप अन्तर्गत इटालीले पोल्याण्डलाई पराजति गरेको छ। गएराती भएको खेलमा इटालीले पोल्याण्डलाई १-० ले पराजित गर्दै नेशन्सकप को समुह ३ मा ३ खेलमा ४ अंक बटुलेको छ।
इटालीको जितमा खेलको अन्तिम मिनेटमा क्रिस्टियानो बिराघीले खेलको एक मात्र गोल थिए । बिराघीले गरेको निर्णायक गोलको मद्धतले इटालीले प्रतियोगितामा पहिलो जित हासिल गरेको छ।
इटालीले अब नेशन्स कप अन्तर्गत नोभेम्बरमा पोर्चुगलसँग खेल्ने छ ।