• २०८१ बैशाख २१ शुक्रबार

ग्रीन टीभन्दा धेरै गुणा फाइदाकारी ब्लू टी 

kharibot

काठमाडौँ । दिनभरको थकानबाट यदि एकै छिनमा छुटकारा पाउन चाहनुहुन्छ भने ब्लू टी अर्थात् नीलो चिया पिउनुहोस् । आजभोलि ग्रीनटी जस्तै ब्लू टी पनि धेरै चलनचल्तीमा आएको छ । 

ब्लू टी दक्षिण पूर्वी एसियामा पाइने बटरफ्लाई पी (अपराजिता)को फूलबाट बन्छ । यसको स्वादमात्र अलग नभई यसले मानिसको शरीरलाई चौतर्फी फाइदा पुर्याउँछ । 
एक ग्लास तातो पानीमा १ चम्चा चिनी र एउटा फूल राख्नुहोस् । छिटै पानीको रङ बदलिन्छ र यो नीलो देखिन्छ । 

ब्लू टीले स्मरण शक्ति बढाउँछ र डिप्रेशनबाट मानिसलाई टाढा राख्छ । त्यसैले अहिलेको भागदौडको समयमा मानिसलाई यसले तनावबाट छुटकारा दिलाउँछ । त्यस्तै, स्वाद फेर्न रुचाउनेको लागि त यसको सेवन पक्कै पनि आनन्ददायक हुन्छ । किनकि, यसको रङ, स्वाद र बास्ना सबै अलग हुन्छ । 

ब्लू टीमा एन्टिअक्सिडेन्ट्स प्रशस्त मात्रामा हुन्छ र यो क्याफिनमुक्त हुन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि बढाउँछ । त्यस्तै, डायबिटिजका रोगीलाई यसले निकै फाइदा पुर्याउँछ । मुटुसम्बन्धी रोग भएकाले पनि यसको नियमित सेवन गर्नाले राहत प्राप्त गर्छन् । 

एन्टिअकिसडेन्ट्सको मात्रा धेरै हुनाले यसले हाम्रो कोशिकालाई कुनै पनि असर पर्न दिँदैन । त्यसैले, यसले क्यान्सर जस्तो भयानक रोग हुने सम्भावनालाई निकै कम गर्ने अनुसन्धाताहरु बताउँछन् । यसले शरीरमा ब्याक्टेरियालाई फैलिन दिँदैन । यदि कसैको शरीरबाट पसिना आएर धेरै गनाउँछ भने ब्लू टी पिउनाले दुर्गन्ध निकै कम हुन्छ । 

यसले मानिसको सुन्दरतामा निखार ल्याउँछ । नियमित रुपमा ब्लू टी पिउँदा यसले कपालमा साइनिङ दिन्छ र छालामा पर्ने धर्सालाई पनि कम गर्छ । ब्लू टीले छालालाई नरम र मुलायम बनाई सुन्दरता पनि बढाउँछ । विशेषतः ब्लू टी दक्षिणपूर्वी एसियाका साथै युरोपमा पनि निकै प्रचलित छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै