• २०८१ बैशाख २६ बुधबार

लिभरपुलको जितमा सलाहको निर्णायक गोल 

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिगअन्तर्गत लिभरपुल हडर्सफिल्डलाई पराजित गरेको छ।  गएराती भएको खेलमा मोहमद सलाहको एक मात्र गोलको मद्धतले लिभरपुलले हडर्सफिल्डलाई १-० गोल अन्तरले पराजित गरेको हो। 

सलाहले खेलको २४औ मिनेटमा खेलको एक मात्र गोल गरेका थिए। यो गोलसँगै सलाहले प्रिमियर लिगमा आफ्नो ५०औ गोल पुरा गरेका छन्।

जितसँगै लिभरपुल प्रिमियर लिगमा ९ खेलमा २३ अंक हासिल गर्दै म्यानचेस्टर सिटीसँग बराबर रहेपनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ। 

लिभरपुलले अब अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत बुधबार रेड स्टारसँग खेल्ने छ भने प्रिमियर लिगमा कार्डिफ सिटीसँग सोमबार खेल्ने छ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै