• २०८१ बैशाख १५ शनिबार

प्रदेश कमिटी गठनको निर्णयमा परिवर्तन नगर्ने नेकपा सचिवालयको निर्णय 

kharibot

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अघिल्लो सचिवालय बैठकको निर्णयमा परिवर्तन नगर्ने भएको छ ।

सोमबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश कमिटी गठनको निर्णयमा परिवर्तन नगर्ने भएको हो । यसअघि बसेको बैठकले विधि र प्रक्रिया मिचेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका थिए । उनको असहमतिमा छलफल जारी राख्ने बैठकले निष्कर्ष नकिालेको छ । बैठकले अबका दिनमा विधि र प्रक्रिया कायमै राख्ने निर्णय समेत गरेको छ । यस्तै बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा अस्वीकृत गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले काठमाडौं निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले दिएको राजीनामा अस्वीकार गरेको थियो । पार्टीको जिल्ला र स्थानीय तहको एकता र सरकारको कामकार्वाही बारेमा निर्णय गर्न कात्तिक सात गते पुनः सचिवालय बैठक बोलाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै