• २०८१ बैशाख १४ शुक्रबार

म्यानचेस्टर युनाइटेडविरुद्ध युभेन्टसको जित, डिबालाले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत इटालियन क्लब युभेन्ट्सले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।  गएराती भएको समुह चरण युभेन्टसले युनाइटेडलाई १-० ले पराजित गरेको हो। 

युभेन्टसको जितमा अर्जेन्टिनी प्ले मेकर पाउलो डिबालाले खेलको एक मात्र गोल गरेका थिए। युनाइटेडको घरेलु मैदान ओल्ड टाफोर्डमा भएको खेलमा खेलको १७औ मिनेटमा डिबालाले खेलको एक मात्र गोल गरेका थिए। 

हारसँगै युनाइटेडमा म्यानेजर जोसे मोरिन्होको संकट बढेको छ।  पछिल्लो ७ खेलमा एकमा मात्र जित निकालेको युनाइटेडको खाराब प्रदर्शन जारी रहदा मोरिन्होलाई क्लबले हटाउने चर्चा फेरी सुरु भएको छ। 

त्यस्तै युभेन्टसले सन् १९९६ पछि पहिलो पटक च्याम्पियन्स लिगमा युनाइटेडविरुद्ध ओल्ड टाफोर्डमा जित हासिल गरेको छ। यस सिजनको च्याम्पियन्स लिगमा युभेन्टसका पाउलो डिबालाले ४ गोल गरेका छन्।  उनी भन्दा धेरै लियोनेल मेसी र इडेन डीजेकोले यस सिजनको च्याम्पियन्स लिगमा अहिलेसम्म ५-५ गोल गरेका छन्। 

यो जितसँगै युभेन्टसको समुह एचमा खेलेका तिनै खेलमा जित निकाल्दै अपराजित रहेको छ भने युनाइटेडले भने ३ खेलमा एक जित एक हार र एक बराबरी खेल्दै ४ अंक हासिल गरेको छ। 

युभेन्टसले अब अको खेल इटालियन सिरी ए अन्तर्गत इम्पोलीसँग खेल्ने छ भने युनाइटेडले भने प्रिमियर लिगअन्तर्गत एभर्टनविरुद्ध खेल्दै छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै