• २०८१ बैशाख १६ आइतबार

एक पाकिस्तानी अभिनेता जो नेपालमा ‘पण्डित’ बने ! 

kharibot

अभिनेता हमिद शेख

काठमाडौं (बीबीसी हिन्दी) । नेपालमा हिन्दू—मुस्लिम तनावमा आधारित हलिउड फिल्म ‘द म्यान फ्रम काठमाडौं’को शुटिङ पूरा भइसकेको छ । यो फिल्म आगामी महिना रिलिज हुँदै छ । यो फिल्ममा हिन्दू पण्डितको भूमिकामा छन् पाकिस्तानका चर्चित अभिनेता हमिद शेख र मुसलमानको भूमिका बलिउड अभिनेता गुलशन ग्रोवरले गरिरहेका छन् । 

हमिद शेखको सम्बन्ध बलुचिस्तानसँग रहेको छ । उनी पीटीवी क्वेटासँग जोडिएका थिए भने यसबाहेक फिल्म ‘मोर’माा उनले केन्द्रीय भूमिका निभाएका छन् । जबकि फिल्म ‘खुदा के लिए’मा पनि उनले प्रमुख भूमिका निभाएका थिए । उनका अनुसार अभिनेताले आफूले नगरेको भूमिका निभाउँदा विशेष महत्व राख्छ । 

उनले भने, ‘फिल्म मोरदेखि पण्डितसम्मको भूमिकामा जानको लागि मलाई धेरै मिहिनेत गर्नुपरेन । यसै पनि हामीमा बलिउडको धेरै प्रभाव परेकै छ, जुन हामी देख्दै पनि आएका छौँ । मेरा कैयौँ यस्ता साथीहरु छन् जो हिन्दू धर्मसँग सम्बन्ध राख्छन् ।’

हमिद शेखका अनुसार उनको बाल्यकाल अन्तर्धार्मिक माहोलमा हुर्किएको थियो । जसले गर्दा यस्ता भूमिका निभाउन सजिलो भएको छ । ‘क्वेटामा मेरो घरको एकापट्टि हिन्दूहरुको मन्दिर र अर्कापट्टि फारसीहरुको कोलोनी तथा धार्मिक स्थल रहेको छ, यही प्रकारले घरको पछाडि अहमदहरुको एकमात्र धर्मस्थल पनि छ । हामीले यी सबै बाल्यकालदेखि नै देख्ने अवसर पायौँ ।’

  • फिल्मको पोष्टर 

फिल्मका निर्देशक नेपालका 

हमिद शेखका अनुसार ‘द म्यान फ्रम काठमाडौं’को कथा एक मुसलमान युवामाथि केन्द्रित रहेको छ । जो अमेरिकाबाट नेपाल आएर आफ्नो बुबाको विरासत खोज्न चाहन्छ । यही क्रममा ऊ एक मुसलमान नेताको संगतमा पर्छ जुन भूमिका गुलशन ग्रोवरको रहेको छ । 

उनी उसलाई राजनीतिक प्रयोग गर्न चाहन्छन् तर यसमा उनी नाकाम हुन्छन् । 

हमिद भन्छन्, ‘यही क्रममा मेरो मुस्लिम नेतासँग मुठभेड हुन्छ । म त्यहाँको एक हिन्दू नेता हुँ, पण्डित हुँ ।’ 

यो फिल्मका निर्देशक पेमाको सम्बन्ध नेपालसँग जोडिएको हुन्छ । उनका इष्टमित्र तिब्बतबाट नेपाल आएका थिए जबकि पेमाले अमेरिकामा शिक्षा हासिल गरेर आफ्नो फिल्म कम्पनी हलिउडमा दर्ता गरिदिए । 

गुलशन ग्रोवर उनीबारे भन्दा यो फिल्म पेमा ढाेंडुपले आफैँले लेखेका हुन् र उनी उनका साथी हुन् । 

उनी भन्छन्, ‘म आफ्नो कामलाई धेरै महत्व दिन्छु । यो सँगसँगै दोस्तीलाई पनि प्राथमिकता दिन्छ । पेमा मेरो साथी हो । यो फिल्मको सुटिंगका लागि समय मिलिरहेको थिएन । सँगसँगै दारी पनि पाल्नु थियो तर सबै ठीक भयो ।’

  • बलिउड अभिनेता गुलशन ग्रोवर

पाकिस्तान घुम्न चाहन्छन् गुलशन ग्रोवर 

हमिद शेखका अनुसार गुलशन ग्रोवर एकदमै सच्चा मित्र हुन् । उनी उनको लागि त्यस्तै थिए, जस्तो क्वेटा, सिन्ध या कुनै बलूची कलाकार । जो दाजुभाइजस्तै हुन्छ । उनले आफ्नो लागि कसरी भूमिका निभाउनेबारे धेरै सिकाएका छन् ।

‘हामी साँझ सधैँ दाल र रोटी खान्थ्यौँ र गफ गथ्र्यौँ । उनको खानदानको सम्बन्ध सिधै रावलपिण्डीसँग जोडिएको छ । उनको इच्छा यस्तो छ कि उनी आफ्नो पुस्तेनी घर आएर देख्न पाइयोस् । त्यहाँका मानिससँग मिल्न पाइयोस् ।’ 

‘द म्यान फ्रम काठमाडौं’ अमेरिकासँगै भारत र नेपालमा पनि रिलिज हुनेछ । हमिद शेखका अनुसार उनको प्रयास यो फिल्मलाई पाकिस्तानमा पनि रिलिज गराउने भए पनि कठिन कुरा यो छ कि पाकिस्तानमा केवल व्यावसायिक फिल्ममात्रै चल्ने गर्छ ।’ 

हमिद शेख यसअघि अमेरिकाको फिल्ममा पनि काम गरिसकेका कलाकार हुन् । उनका अनुसार त्यहाँका मानिस व्यावसायिक छन् तर हाम्रा मानिसहरु नयाँ नयाँ छन् र उनीहरुले अहिलेसम्म कुनै दिशा तय गर्नसकेका छैनन् । 

‘हामी अरुको संस्कृति देख्छौँ । आफ्नो एउटा सोच हुन जरुरी थियो जुन बिल्कुलै छैन । बाहिर उनको कथाहरु उनीहरुकै आफ्नो संस्कृतिसँग सम्बन्धित छ, जबकि हामी भने बक्स अफिसको चक्करमा परेका छौँ ।’ 

हमिद शेख ऐतिहासिक कहानीमा आधारित व्यावसायिक फिल्म बनाउने इच्छा राख्छन् जसको लागि अनुसन्धान पनि भइरहेको छ । उनले भनेअनुसार खानाबदोश केही जातिहरुबारे काम गर्न चाहन्छन् । यो कथा सन् १९३० को समयको हो, जतिबेला बेलायती साम्राज्यको प्रभाव थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै