काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत चेल्स ले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। गएराती भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। चेल्सीको जितमा अल्भारो मोराटाले २ गोल गरे भने पेड्रोले एक गोल गरेका थिए।
इन्जुरीको सामना गरिरहेका चेल्सीका स्टार खेलाडी इडेन हाजार्डपनि यसै खेलबाट टिममा फर्किएका छन् भने उनले यस खेलमा एक गोल असिस्ट पनि गरेका छन्। यो जितसँगै चेल्सी यस सिजनमा पहिलेसम्म अपराजित रहदै ११ खेलमा ८ जित र ३ बराबरीसहित २७ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा रहेको छ भने शिर्ष स्थानमा रहेको सिटीभन्दा २ अंकले पछाडी रहेको छ।
चेल्सीले अब अर्को खेल युरोपा लिग अन्तर्गत आगामी विहिबार बेट क्लबको सामना गर्दै छ।