पाकिस्तान सुपर लिगको ड्राफ्टमा सन्दीप र सोमपाल 

खरीबोट

काठमाडौँ।  नेपाली दुई क्रिकेटर पाकिस्तान सुपर लिग २०१९ को ड्राफ्टमा परेका छन्। विदेशी खेलाडीको समुहबाट सन्दीप लामिछाने र सोमपाल कामी पिएसएल २०१९ को ड्राफ्टमा परेका हुन्। 

पिएसएलको ड्राफ्टमा सन्दीप गोल्ड खेलाडीको सुचीमा परेका छन् भने सोमपाल सिल्भर खेलाडीको सुचीमा परेका हुन् । 

पिएसएलमा खेलाडीहरुको प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर गरि समुहमा विभाजन गरेर खेलाडीको सुची सार्वजनिक गरिएको छ। प्लाटिनममा परेका खेलाडीका लागि न्युनतम १ लाख ४० हजार डलर, डायमण्डको सुचिमा रहेका खेलाडीका लागि न्युनतम ७० हजार डलर, गोल्ड समुहमा परेका खेलाडीका लागि न्युनतम ५० हजार डलर र सिल्भर समुहमा परेका खेलाडीका लागि न्युनतम २२ हजार डलर पारिश्रमिक दिइने पिएसएल आयोजकले जानकारी दिएका छन्। 

खेलाडीको अन्तिम ड्राफ्ट यहि नोभेम्बर २० मा हुने छ। ६ टिमले भाग लिने यस प्रतियोगितामा एक टिममा न्युनतम १६ खेलाडी हुने छन् भने प्रतियोगिता आगामी फेब्रुअरी १४ दखि मार्च १७ सम्म युएइमा हुने छ।  प्रतियोगित का केहि खेलहरु पाकिस्तानमा पनि हुनसक्ने आयोजकले जनाएका छन्।  

प्रतियोगिताको यो चौथो संस्करणमा एक टिमको नामको टुंगो अझै लागेको छैन भने अन्य टिममा इस्लामावाद युनाइटेड, कराची किंग्स, पेशावर जाल्मी, क्वेटा ग्लाड़ीयटर्स र लाहोर क्वालान्डर्स रहेका छन्।    

सम्बन्धित समाचार

लाहोर पराजित, प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त !    

काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत लाहोर कलान्दर्स इस्लामावाद युनाइटेडसँग ४९ रनले पराजित भएको छ । गएराती भएको खेलमा इस्लामावाद युनाइटेडले दिएको २३९ रनको लक्ष्य पछाएको लाहोरले २० ओभरमा ९

इस्लामावादविरुद्ध सन्दीपको महँगो स्पेल 

काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत लाहोर कलान्दर्सले अहिले इस्लामावाद युनाइटेडविरुद्ध खेलिरहेको छ । टस जितेर लाहोरले पहिला बलिङ गरेको खेलमा लाहोरको बलिंग महँगो भएको छ । नेपाली युवा बलर

डिभीलियर्स बिना लाहोर पराजित, सन्दीप विकेट विहिन

काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत लाहोर कलान्दर्स पराजित भएको छ । मंगलबार भएको खेलमा लाहोर पेशावर जालमीसँग ४ विकेटले पराजित भएको हो । लाहोरले दिएको १२५ रनको लक्ष्य पछाएको पेशावरले

क्वेटाविरुद्ध सन्दिपको किफायती बलिङ, एक विकेट लिए  

काठमाडौँ । सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलान्दर्सबाट आफ्नो दोस्रो खेलमा एक विकेट लिएका छन् । अहिलेजारी क्वेटा ग्लाडियटर्सविरुद्धको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २० रन दिएर


z