• २०८१ बैशाख १८ मंगलबार

इफाप्काको ४४औं सम्मेलनमा भाग लिन महासंघ टोली मलेसिया गयो

kharibot

काठमाडौं । मलेसियामा हुने एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था (इफाप्का) को ४४औं सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ ।

मलेसियाको राजधानी क्वालालमपुरमा हुने सम्मेलनमा महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउने महासंघले जनाएको छ । 

सम्मेलनमा सहभागी हुन जाने प्रतिनिधिमण्डललाई अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका उपाध्यक्ष पेम्बा लामा शेर्पा, कोषाध्यक्ष हिरण श्रेष्ठसहित महासंघ सचिवालयको टोलीले विदाइ ग¥यो ।

सम्मेलनमा निर्माण क्षेत्रमा देखा परेका चुनौती र समाधानका बारेमा विज्ञहरुले  कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । इफाप्का सदस्यहरुबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा पनि सम्मेलनका क्रममा छलफल हुने बताइएको छ ।

सोमबारबाट सुरु हुने सम्मेलन चार दिनसम्म चल्नेछ । नेपाली प्रतिनिधिमण्डलले मलेसिया सहित सिंगापुर र इण्डोनेशियाको समेत भ्रमण गरी भौतिक पूर्वाधारको क्षेत्रमा ती राष्ट्रले हासिल गरेका उपलब्धीको स्थलगत अध्ययन अवलोकन गर्ने कार्यक्रम छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै