• २०८१ बैशाख १७ सोमबार

स्पाइडर म्यान, हल्कजस्ता फिल्मका परिकल्पनाकार स्टेन लीको मृत्यु 

kharibot

हलिउड । हलिउडमा सुपरहिरोको भूमिकामा फिल्म सृजनामा आफ्नै छवि बनाएका अभिनेता स्टेन लीको मृत्यु भएको छ । ९५ वर्षका उनको सोमबार मृत्यु भएको हो । अमेरिकामा उनलाई कोमिक बुक संस्कृतिको अनुहारका रुपमा लिइन्थ्यो । 

उनी पछिल्ला केही वर्ष धेरै रोगहरुबाट ग्रस्त थिए । उनकी छोरीका अनुसार आफ्ना प्रशंसकलाई असाध्यै माया गर्ने उनी एक सौम्य र शालीन कलाकार थिए ।

उनी सन् १९२२ को डिसेम्बर २८ मा न्युयोर्कमा जन्मिएका थिए । उनले सन् १९६१ मा द फन्टाष्टिक फोरसँगै मार्वल कोमिक्सको पनि सुरुवात गरेका थिए । पछि यसमा स्पाइडर म्यान, एक्सम्यान, हल्क, आइरन म्यान, ब्ल्याक प्यान्थर, थोर, डाक्टर स्ट्रेन्ज र क्याप्टेन अमेरिका जस्ता महत्वपूर्ण फिल्म निर्माणमा उनी सामेल थिए । 

यस्तै भूमिकामा पछिल्लो समय बनेका फिल्महरुले बक्सअफिसमा व्यापक कमाउन सफल भएका थिए । मार्वलको अहिलेसम्मका लगभग सबै फिल्ममा लीले क्यामियोको भूमिका निभएका थिए । त्यसबाहेक उनले स्क्रिनप्ले पनि लेखेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै