• २०८१ बैशाख १८ मंगलबार

रसुवागढी नाकामा नयाँ मितेरी पुल निर्माण हुँदै

kharibot

रसुवा । नेपाल चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने रसुवागढी नाकामा नयाँ पक्की पुल निर्माणको कार्य अगाडि बढेको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार हाल भइरहेको स्थानबाट पाँच मिटर उत्तर पूर्वतर्फको लेहेन्दे खोलामा चीन सरकारले पुल निर्माण गर्न लागेको र आफ्नो भूभागतर्फ पुलको निर्माणको कार्य थालनी गरिसकेको छ ।

हाल सञ्चालनमा रहेको पक्की पुल विनाशकारी भूकम्पको असरले केही भाग क्षति पुर्याइ कमजोर महसुस भएपछि चीन सरकारले नयाँ पुल निर्माण गर्न थालेको बताइएको छ ।

दैनिक चार/पाँच सय मालबाहक सवारी साधन ओहोरदोहोर गर्ने भएकाले लेहेन्दे खोलाको अस्थायी पुल बनाउने र छ महीनाभित्र पक्की पुल निर्माण गरिसक्ने सीमा क्षेत्रको चिनियाँ अधिकारीबाट आफूले जानकारी पाएको प्रजिअ पौडेलले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै