• २०८१ बैशाख १५ शनिबार

नेविसंघ केन्द्रीय समितिको म्याद २ महिना थपिदै 

kharibot

काठमाडौं। आइतबार साँझ ढिला गरी कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ। बैठकले नेपाल विद्यार्थी संघ कार्यसमितिको म्याद थप्ने सम्बन्धी निर्णय गर्नेछ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा नेविसंघ कार्यसमितिको म्याद थप्ने विषयमा नेताहरुबीच विवाद छ। दुई कि चार महिना म्याद थप्ने भन्ने विवादकैबीच बैठक सुरु भएको हो। 

बैठकमा दुई महिना म्याद थप गर्ने प्रस्ताव पेश भएको छ। सभापति शेरबहादुर देउवाले दुई महिना म्याद थप सम्बन्धी प्रस्ताव पेश गरेका हुन्। 

यसअघि थपिएको नेविसंघ कार्यसमितिको म्याद आज सकिँदै छ। तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि विधान अनुसार नेविसंघको म्याद तीन महिना म्याद थप गरिएको थियो। 

नेविसंघमा ३२ वर्षे उमेरहदको विषयलाई लिएर तिब्र विवाद छ। नेविसंघको विवादले चर्को रुप लिँदै जाँदा केन्द्रीय कार्यालयमा शनिबार र आइतबार नेविसंघ कार्यकर्ताले प्रदर्शन गरेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै