• २०८१ बैशाख १७ सोमबार

सन्दीप पाकिस्तान सुपर लिगमा लाहोर क्वालान्डर्सबाट खेल्ने 

kharibot

काठमाडौँ।  नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग टिम लाहोर क्वालान्डर्सले २०१९ संस्करणको लागि छनौट गरेको छ। आज जारी खेलाडीको  ड्राफ्टमा सन्दीपलाई लाहोर क्वालान्डर्सले छानेको हो। 

गोल्ड खेलाडीको सुचिमा रहेका सन्दीपलाई लाहोर क्वालान्डर्सले ५० हजारदेखि ७० हजार डलरको मुल्यमा किनेको हो। सन्दीप न्युजील्याण्डका खेलाडी ब्रेनडम म्याकुलमको कप्तानीमा खेल्ने भएका छन्।  

सन्दीप आइपिएल, क्यानाडा ग्लोबल टी-२०, क्यबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, अस्ट्रेलियाको बिग बास लिग, बंगलादेश प्रिमियर लिगपछि पाकिस्तान प्रिमियर लिग खेल्ने भएका छन्।   

विदेशी खेलाडीको समुहबाट सन्दीप लामिछाने र सोमपाल कामी पिएसएल २०१९ को ड्राफ्टमा रसोमपालको ड्राफ्ट हुन बाँकि रहेको छ। पिएसएलको ड्राफ्टमा सन्दीप गोल्ड खेलाडीको सुचीमा परेका छन् भने सोमपाल सिल्भर खेलाडीको सुचीमा परेका हुन् । 

पिएसएलमा खेलाडीहरुको प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर गरि समुहमा विभाजन गरेर खेलाडीको सुची सार्वजनिक गरिएको थियो।  प्लाटिनममा परेका खेलाडीका लागि न्युनतम १ लाख ४० हजार डलर, डायमण्डको सुचिमा रहेका खेलाडीका लागि न्युनतम ७० हजार डलर, गोल्ड समुहमा परेका खेलाडीका लागि न्युनतम ५० हजार डलर र सिल्भर समुहमा परेका खेलाडीका लागि न्युनतम २२ हजार डलर पारिश्रमिक दिइने छ। 

६ टिमले भाग लिने यस प्रतियोगितामा एक टिममा न्युनतम १६ खेलाडी हुने छन् भने प्रतियोगिता आगामी फेब्रुअरी १४ दखि मार्च १७ सम्म युएइमा हुने छ।  प्रतियोगिताका केहि खेलहरु पाकिस्तानमा पनि हुनसक्ने आयोजकले जनाएका छन्।

प्रतियोगिताको यो चौथो संस्करणमा एक टिमको नामको टुंगो अझै लागेको छैन भने अन्य टिममा इस्लामावाद युनाइटेड, कराची किंग्स, पेशावर जाल्मी, क्वेटा ग्लाड़ीयटर्स र लाहोर क्वालान्डर्स रहेका छन्।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै