• २०८१ बैशाख २६ बुधबार

विनोद दास धनगढी प्रिमियर लिगको निर्देशकमा नियुक्त

kharibot

काठमाडौं। राष्ट्रिय टिमका पुर्व कप्तान एवं हाल नेपाली अन्डर १९ टिमका प्रशिक्षक विनोद दास रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल-३) को निर्देशकमा नियुक्त भएका छन् ।

धनगढी क्रिकेट एकेडेमीले विज्ञप्ति जारी गर्दै दासलाई प्रतियोगिता निर्देशकका रुपमा नियुक्त गरेको जानकारी दिएको छ । 

प्रतियोगितामा देशभरका ६ वटा टिम सहभागी छन् । जसमा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स नै रहनेछन् । डीपीएलका प्रत्येक टिममा १५-१५ खेलाडी हुनेछन् भने प्रतियोगितामा  कुल १९ खेल हुनेछन्। 

माघ १९ देखि फाल्गुन ४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको अनुमानित बजेट ५ करोड रूपैयाँ रहेको छ । हालै सम्पन्न पोखरा प्रिमियर लिगमा विनोद पोखरा पल्टनको प्रशिक्षक थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै