• २०८१ बैशाख १४ शुक्रबार

गल्तिमा स्वीकार गरे आलोकनाथलाई माफी दिन्छु - विनिता नन्दा 

kharibot

मुम्बई। लेखिका विनिता नन्दाले आफुलाई बलात्कार गर्ने बलिवुड अभिनेता आलोकनाथले गल्ति स्वीकार गरे उनलाई माफी दिने बताएकी छन्। 

आलोकनाथविरुद्ध मुद्धा दर्ता गरेपछि मिडियासँग कुरा गर्दै नन्दाले आफ्नो उद्धेश्य बदला लिनु नभई उनलाई सुधार्नु भएकोभन्दै अन्य महिलाले आफुले जस्तो भोग्नु नपरोस भनेर नै आफु अगाडी आएको बताएकी छन्।

भारतीय प्रहरीले बलिउड अभिनेता आलोकनाथविरुद्ध बुधबार बलात्कारको मुद्दा दर्ता गरेको छ । #MeToo  अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । 

भारतमा बढ्दै गइरहेको मि टु अभियानका कारण अन्य केही कलाकारलाई पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही अगाडि बढाइएको प्रहरीको भनाई छ । 

लेखक तथा उत्पादक विनिता नन्दाले वरिष्ठ कलाकार आलोकलाई १९ वर्ष अगाडि बलात्कार गरेको आरोप लगाएकी थिइन्। “मंगलबार नन्दा मुम्बईको ओसिवारा प्रहरी कार्यालयमा आउनुभयो र आलोक नाथविरुद्ध उजुरी दिनुभयो,” एक प्रहरी अधिकारीले भने । उनकै उजुरीका आधारमा आलोकविरुद्ध मुद्दा दायर गरिएको प्रहरीको भनाई छ ।

आलोकनाथले बलात्कार गरेको आरोप लागे पछि सिने एंड टीवी आर्टिस्ट्स एसोसिएशनले पनि उनलाई कारवाही गर्दै सो एसोसियसनबाट निष्कासित गरेको छ।  
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै