• २०८१ बैशाख १४ शुक्रबार

सुभाष घईविरुद्धको यौन शोषणको आरोप पत्र फिर्ता 

kharibot

मुम्बई। बलिवुडमा #MeToo अभियान अन्तर्गत कैयौ सेलिब्रेटीलाई यौन शोषणको आरोप लागिरहेको छ। यस्तै यौन शोषणका आरोप लागेका वरिष्ठ निर्देशक निर्माता सुभाष घईविरुद्ध अभिनेत्री तथा मोडल केट शर्माले प्रहरीमा दर्ता गरेको आरोप फिर्ता लिएकी छन्।

केटले घईमाथि गत अगस्तमा जबर्जस्ति गर्न खोजेको आरोप लगाएकी थिइन्। ५-६ जना अन्य मानिसहरुको अगाडी घईले आफुलाई मसाज गर्न भनेको र जबर्जस्ति किस गर्न खोजेको आरोप केटले घईमाथि लगाएकी थिइन्। 

केटले आरोप पत्र फिर्ता लिदै प्रहरीले घटनामा कुनै कारवाही अगाडी नबढाएको बरु उल्टै आफु र आफ्नो परिवार तनावमा आएको उल्लेख गर्दै आफुले सो आरोप पत्र फिर्ता लिने जनाकारी प्रहरीलाई गराएकी छन्। आरोप पत्र दर्ता गरेपछि प्रहरीले कुनै कारवाहीको साटो उल्टै #MeToo अभियानको मजाक उडाइएको उनले उल्लेख गरेकी छन्। 

#MeToo अभियान अन्तर्गत यौन शोषण गरेका अभिनेता आलोकनाथविरुद्ध प्रहरीमा आरोप दर्ता भएको छ भने, निर्देशक विकास बहल र साजिद खानले आफ्नो फिल्म गुमाएका छन्। त्यस्तै संगीतकार अनु मालिकले चर्चित रियालिटी शो इन्डियन आइडलबाट बाहिरिएका छन् भने अभिनेता नाना पाटेकरले पनि फिल्म हाउसफुल ४ गुमाएका छन्।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै