• २०८१ बैशाख १४ शुक्रबार

नेविसंघ महामन्त्री काफ्लेलाई हृदयघात, अवस्था खतरामुक्त 

kharibot

काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात भएको छ।

शुक्रबार बिहान हृदयघात भएपछि ह्याम्प्स अस्पताल भर्ना भएका काफ्लेलाई अहिले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचार गरिदै छ। ह्याम्सले गंगालालमा लैजान रिफर गरेको थियो।

उनलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष (सिसियु)मा राखेर उपचार भइरहेको छ । नेविसंघका नेता दुजंग शेर्पाले खरीबोटसँग कुरा गर्दै महामन्त्री काफ्लेको अवस्था खतरामुक्त रहेको र अप्रेशन गर्नु नपर्ने चिकित्सकले बताएको जानकारी दिए।  

काफ्ले नेविसंघको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै