• २०८१ बैशाख १७ सोमबार

जुम्लाबाट सत्र करोडको स्याउ निर्यात

kharibot

फाइल तस्विर । 

जुम्ला / जुम्लामा यस वर्ष  १७ करोडको स्याउ निर्यात गरिएको छ । 

आर्थिक वर्ष ०७५÷०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले  १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झण्डै तीन हजार ४०० टन स्याउ उत्पादन भएकामा दुई हजार ३०० टन स्याउ निर्यात भइसकेको छ । आठ वटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करीब ३०० व्यापारीले अनुमति लिएका थिए । स्थानीय तहले प्रतिकिलो स्याउ निर्यातको ५० पैसाका दरले कर लिएको छ । 

व्यापारीले सरदरमा प्रतिकिलो  ५० का दरले कृषकबाट स्याउ खरीद गरेका हुन् । यहाँ उत्पादन भएका स्याउ काठमाडौँ, सुर्खेत, विराटनगर, पोखरालगायत देशका प्रमुख शहरमा निर्यात गरिन्छ । 

यस वर्ष प्रतिकूल मौसमका कारणले स्याउ उत्पादन सोचेअनुसार नभएको स्याउ सुपरजोनका वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माले बताए। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लाको तीन हजार ४५० हेक्टर जमीनमा स्याउ खेती गरिन्छ । 

गत वर्ष तीन हजार ७०० टन स्याउ निर्यात भएको थियो । जुम्लाका कूल १८ हजार घरधुरीमध्ये करीब १४ हजार घरमा स्याउका बगैँचा छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै