• २०८१ बैशाख १६ आइतबार

महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो 

kharibot

काठमाडौँ। आइसीसी महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। आज भएको फाइनल खेलमा इङल्याण्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाको महिला टिम चौथो पटक टी-२० क्रिकेट विश्वकपको उपाधि जितेको छ। 

इङल्याण्डले दिएको १०६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १५.१ ओभरमा २ विकेट गुमाउदै सो लक्ष्य पुरा गरेको थियो। अस्ट्रेलियाका लागि एश्लेघ गार्डनरले सर्वाधिक ३३ रन अविजित बनाइन भने मेघ लानिंगले अविजित २८ रन बनाएकी थिइन्। त्यस्तै अल्यासा हेलीले २२ तथा मेथ मोनीले १८ रन बनाएकी थिइन्। 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले १९.४ ओभरमा अल आउट हुदै १०५ रन बनाएको थियो। इङल्याण्डका लागि डानियल वाटले सर्वाधिक ४३ रन बनाइन भने हेथर नाइटले २५ रन बनाएकी थिइन्। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा इङल्याण्ड १०५ रन मै समेटिएको थियो। 

अस्ट्रेलियाका बलर एश्लेघ गार्डनरले सर्वाधिक ३ विकेट लिइन भने गर्जिया वेयरह्याम र मेघन स्चुटले २-२ विकेट लिएका थिए। 

अस्ट्रेलियाकी एलेश्घ गार्डनर फाइनल खेलको प्लेयर अफ द म्याच बनेकी छन् भने अस्ट्रेलिया कै अल्यासा हिली प्लेयर अफ द सिरिज बनेकी छन्। 

अस्ट्रेलियाको महिला टिमले यसअघि सन् २०१०, २०१२ र २०१४ मा महिला टी-२० विश्वकप जितेको थियो।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै