• २०८१ बैशाख १५ शनिबार

हुवावेले विभिन्न मोबाइल सेटको मूल्य घटायो 

kharibot

फाइल तस्बिर ।

काठमाडौं । चर्चित स्मार्टफोन निर्माता कम्पनी हुवावेले आफ्ना तीनवटा स्मार्टफोनको मूल्य कटौती गरेको छ । कम्पनीले वाई५लाइट, नोभा२लाइट र वाई९ को मूल्य घटाएको हो । क्यामरा सेटअप, आकर्षक र बेग्लै डिजाइनका उक्त फोनहरुको मूल्य कटौती भएसँगै यसको बिक्री बढ्ने अनुमान गरिएको छ । 

तीनवटै स्मार्टफोनहरू वास्तविक मूल्यभन्दा झण्डै २ हजार रूपैयाँ कममा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले मूल्य कटौतीलाई ‘एक्स्क्लुसिभ अफर’ भनेको छ । कटौतीपछि अब ग्राहकले वाई५ लाइट १३ हजार ९ सयबाट ११ हजार ९ सय ९० मै किन्न सक्नेछन् । यो फोनमा एलईडी फ्लाससहितको ८ एमपी रियर क्यामरा र १४४०ह्७२० रेजलुसनसहितको ५.४५ एचडीको डिस्प्ले रहेको छ । यसमा मिडिया टेक एमटी ६७३९ प्रोसेसर रहेको छ । साथै यसमा १६ जिबीको स्टोरेज र ३०२० एमएच ब्याट्री छ ।

त्यस्तै नोभा२लाइटको मूल्य पनि २३ हजार नौ सयबाट २१ हजार ९ सय ९० मा किन्न सकिनेछ । यो फोनमा एचडीसहितको १४४०ह्७२० रेजलुसनसहितको ५.९९ इन्चको आइपीएस एलसीडी, डुअल क्यामरा सेटअप, एफ ÷२.२ एपर्चरसहितको १३ एमपी लेन्स र दुई एमपी डेप्थ सेन्सर, ८ एमपीको सेल्फीक्यामरा, रियर माउण्टेड फिंगरप्रिन्ट सेन्सर, ३ जिबी र्याम र ३२ जिबी आन्तरिक स्टोरेज र छुट्टै माइक्रोएसडी कार्ड स्लट रहेको छ । यसमा १. ४ जीएचजेड कोरटेक्स ए५३ छ साथमा ३००० एमएच ब्याट्रीसहितको माइक्रो यूएसबी र एन्ड्रोइड ८. ० र ईएमयूआई ८. ० रहेको छ ।

कम्पनीले आफ्नो वाई९को मूल्य ३४ हजार नौ सयबाट कटौती गर्दै ३१ हजार ४ सय ९० रुपैयाँमा बेच्ने निर्णय गरेको छ । फोनमा फूलएचडी सहितको १०८० ह्२३४० पिक्सल रेजलुसन र १९ः५ः९ एस्पेक्ट रेसियो रहेको छ । 

यसमा हाइसिलिकन किरिन ७१० चिपसेट, फ्रन्ट र ब्याकइन्ड दुवैमा गरी डुअल क्यामरा सेटअप, रियर प्यानलमा १६ एमपी+ २ एमपीतथा १३ एमपी र २ एमपीको क्यामरा छ । दुवै साइडमा सेकेण्डरी क्यामरा रहेको यस फोनमा ४ जिबीको र्याम र ६४ जिबी अनबोर्ड स्टोरेज र माइक्रोएसडी कार्ड स्लट राख्ने ठाउँ पनि छ । ४०० जिबीसम्मको मेमोरी कार्ड यसमा राख्न सकिन्छ । त्यस्तै रियरमाउण्टेड फिंगरप्रिन्ट, एक्सेलेरोमिटर, जिप्रो, प्रोक्सिमिटी र कम्पास सेन्सरहरू रहेका छन् । यसमा ४००० एमएचको ब्याट्री पनि छ । यो स्मार्टफोन कालो, नीलो र बैजनी रंगमा उपलब्ध छ ।

ह्वावेका नोभा३ र नोभा३आई विश्वकै पहिलो २४ एमपीफोर एआई क्यामरा हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै