• २०८१ बैशाख १७ सोमबार

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुशको निधन

kharibot

काठमाडौँ। अमेरिकाका ४१औ राष्ट्रपति जर्ज एचडब्लु बुशको निधन भएको छ। ९४ बर्षिय पुर्वराष्ट्रपति बुशको आज निधन भएको अमेरिकी मिडियाले उल्लेख गरेका छन्। 

गत अप्रिलमा उनकी श्रीमती बारबरा बुशको निधनपछि बुशको स्वास्थ्य बिग्रिदै गएको थियो। बुश सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए। बुश सन् १९८१ देखि १९८९ सम्म अमेरिकाको उपराष्ट्रपति समत बनेका थिए। बुश अमेरिकाको धेरै उमेर सम्म बाच्ने राष्ट्रपति समेत हुन्। बुश दोस्रो विश्वयुद्धमा अमेरिकी नेभी सेनाबाट समेत लडेका थिए। 

सन् १९२४ मा जन्मिएका बुशका ६ छोराछोरी रहेका थिए जस मध्ये उनका दुई छोरा अमेरिकाको राजनीतिमा आएका थिए। उनका छोरा जर्ज डब्लु बुश अमेरिकाको ४३औ राष्ट्रपति बनेका थिए भने अर्का छोरा जेव बुश फ्लोरिडाको गभर्नर बनेका थिए ।

आफ्ना पिताको निधन पछि छोरा बुशले एक विज्ञप्ति निकाल्दै आफ्ना पिताको निधन भएको जानकारी दिएका छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै