• २०८१ बैशाख १७ सोमबार

फक्स न्यूजकी पुर्वपत्रकार हिथर नुअर्ट राष्ट्रसंघमा अमेरिकी राजदूतमा मनोनित हुदै 

kharibot

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता हिथर नुअर्टलाई राष्ट्रसंघका लागि भावी अमेरिकी राजदूतमा मनोनयन गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् । 

ह्वाइट हाउसका दुईजना अधिकारीले हिथरको मनोनयन लगभग पक्का भएको बताए । एकजना रिपब्लीकन सहयोगीले राष्ट्रपति ट्रम्पले शुक्रबारसम्ममा हिथरको नाम घोषणा गर्ने जानकारी दिए । 

ट्रम्पले यसअघि नै नुअर्टका बारेमा सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले गत अक्टोबरमा यसैवर्षको अन्त्यबाट लागू हुनेगरी राजीनामा दिइसकेकी छन् । हेलीको राजीनामा राष्ट्रपति ट्रम्पले स्वीकार गरिसकेका छन् । नुअर्टको नाम सिनेटले अनुमोदन गरेमा उनी ट्रम्पको विदेश नीतिका बारेमा बोल्ने एक प्रमुख अधिकारी बन्नेछिन् । 

राष्ट्रपति ट्रम्पले गत महिना एक पत्रकार सम्मेलनमा नुअर्ट निकै सक्षम रहेको बताएका थिए । उनले नुअर्टले आफूलाई धेरै पहिलेदेखि मद्दत गरिरहेको पनि जानकारी दिएका थिए । ट्रम्पले औपचारिक रुपमा घोषणा नगर्दासम्म कुनै पनि विषय अन्तिम हुँदैनन् । 

नुअर्टले भने कुनै प्रतिक्रिया दिन अस्वीकार गरेकी छन् । अमेरिकी विदेश मन्त्रालयको प्रवक्तामा नियुक्त हुनुअघि नुअर्ट फक्स न्यूज च्यानलमा संवाददाता थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै