• २०८१ बैशाख १५ शनिबार

पुल्चोक क्याम्पसमा इन्जिनियर्स एशोसिएनको निर्वाचन बहस

kharibot

काठमाडौँ। नेपाल इन्जिनियर्स एशोसिएनको ३२अौ कन्द्रिय कार्यकारिणी समितिको निर्वाचनलाई ध्यानमा राख्दै पुल्चोक क्याम्पस इञ्जिनियरिङ्ग अध्ययन संस्थान स्नातकोत्तर मञ्चले चुनावी बहस गरेको छ।  यहि २८ गते हुन लागेको चुनावको लागि बहस गरिएको हो ।

इन्जिनियर स्नातकोत्तर विद्यार्थी अभिनाश अमरले मध्यस्थता गरेको उक्त बहसमा प्रगतिशील समुहतर्फका सदस्य रोशन भट्टराई ,लोकतान्त्रिक तर्फका सदस्य सागर श्रेष्ठ र इन्जिनियर समाज नेपालका सदस्य गणेश राम ध्वँजू बिचमा अन्तर्क्रिया कार्यक्रम पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न भएको छ ।            

सदस्यका उम्मेदवार सागर श्रेष्ठले ईन्जिनियरको हकहित र स्वतन्त्रताको लागि अहिलेसम्म पनि काम गरेको र अझै राम्रोसँग नयाँ तरिकाले काम गर्नुे बताउदै सहिमार्गदर्शन गर्न सक्ने समुहलाई जिताउनु पर्नेमा जोड दिए । उनले भने सक्षम नेतृत्व अाउनु भनेको पार्दशी हुनु हो । त्यसको लागि राम्रो उमेदवार जिताउनु पर्ने बताए ।

त्यस्तै अर्का उम्मेदवार रोशन भट्टराईले सामुहिक विमा गर्ने ,न्युनतम पारिश्रमिक कुरा गर्ने लगायत लोकतान्त्रिक समुहको राम्रो कुरा समावेश गरेर काम गर्ने बताउदै २ वर्षमा प्रतिबद्धताको ८० प्रतिशत काम गर्न नसके अर्को पटक नअाउने बताए ।

सो अवसरमा गणेश ध्वँजुले एनईएले पुन:निर्माणमा काम गर्न नसकेको भन्दै भुमिका खेल्न सक्नु पर्ने बताए । सबैको आस्थाको केन्द्र भएका इन्जिनियरको अावाज उठाउनु पर्नेमा ठोस कुरा राख्न नसकेको भन्दै लाखौं खर्चेर प्रचारवाजी र भोजभतेर गर्ने प्रवृतिले पदको दुरुपयोग हुने संका व्यक्त गरेका छन् ।

केन्द्रीय कार्यकारिणी समितिको लागि हुन गइरहेको उक्त चुनावमा लोकतान्त्रिक र प्रगतिशील समुहले सबै पदको लागि चुनावी मैदानमा छन भने इन्जिनियर समाज नेपालले कोषाध्यक्ष र दुई सदस्यताको लागि उमेद्वारी दिएको छ ।

यो चुनाबमा नेपालकाे कुल ईन्जिनियरको ३६ प्रतिशत इन्जिनियरहरू मात्र अर्थात १७ हजारको सहभागीता हुने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय