• २०८१ बैशाख १४ शुक्रबार

इन्जिनियर्स एशोसिएन चुनावी बहस  : सबै इन्जिनियरलाई समेट्ने प्रतिबद्धता

kharibot

काठमाडौँ। नेपाल इन्जिनियर्स एशोसिएनको ३२औ कन्द्रिय कार्यकारिणी समितिको निर्वाचनलाई ध्यानमा राख्दै पुल्चोक क्याम्पस इञ्जिनियरिङ्ग अध्ययन संस्थान स्नातकोत्तर मञ्चले शनिबार पनि चुनावी बहस गरेको छ।  यहि २८ गते हुन लागेको चुनावको लागि बहस गरिएको हो ।

 इन्जिनियर स्नातकोत्तर विद्यार्थी अभिनाश अमरले मध्यस्थता गरेको उक्त बहसमा लोकतान्त्रिक तर्फका सदस्य सुर्य बहादुर पाण्डे, प्रगतिशील समुहतर्फका सदस्य टेक बहादुर कटुवाल र इन्जिनियर समाज नेपालका सदस्यका उम्मेदवार दिपेन्द्र बहादुर शाही बिचमा अन्तर्क्रिया कार्यक्रम पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको छ ।            

इन्जिनियर समाज नेपालका सदस्यका उम्मेदवार दिपेन्द्र बहादुर शाहीले आफ्ना एजेन्डा स्थापित गर्न आफुहरु लाग्ने बताए। शाहीले व्यक्तिभन्दा संस्थाको तर्फबाट इन्जिनियरका हकहितका पक्षमा काम गर्ने बताए। शाहीले लोकतान्त्रिक समुहको अहिलेको कार्यसमितिले सिन्डिकेट लादेको आरोप लगाउदै उमेरको हदबन्दी लगाएर सिन्डिकेट गर्न खोजेको आरोप लगाए। अहिले इन्जिनियरिंग क्षेत्रमा एसोसियसनले प्राविधिक क्षेत्रमा खासै काम गर्न नसकेको आरोप लगाए।    

त्यस्तै प्रगतिशील समुहका सदस्यका उम्मेदवार टेक बहादुर कटुवालले इञ्जिनियरिङ्ग एसोसियसनको प्रगतिमा विगतमा आफुहरुले भूमिका खेलेको र नेपाली इन्जिनियरको सम्मानका लागि काम गर्ने बताए। कटुवालले इञ्जिनियरिङ्ग एसोसियसनले आफ्नो एजेन्डा स्थापित गर्न नसकेको बताउदै आफुहरुको प्रयास इन्जिनियरहरुको एजेन्डा स्थापित गर्ने बताए। उनले सबै इन्जिनियरलाई एसोसियसनको दायरामा ल्याउनुपर्ने बताए। 

त्यस्तै लोकतान्त्रिक समुहका सदस्य उम्मेदवार पाण्डेले अहिलेको कार्यसमितिले सुरु गरेका कामलाई पुरा गर्न लोकतान्त्रिक समुहलाई जिताउनु पर्ने बताए। पाण्डेले एसोसियसन सबैको भएको भन्दै यो पेशागत साझा संस्था भएकोले इञ्जिनियरिहरुले काम गर्ने समयमा भएका समस्या समाधान गर्ने संस्था भएकोले आफुहरुको अहिलेको कार्यसमितिले सोहि अनुसार काम गरेको बताए।

केन्द्रीय कार्यकारिणी समितिको लागि हुन गइरहेको उक्त चुनावमा लोकतान्त्रिक र प्रगतिशील समुहले सबै पदको लागि चुनावी मैदानमा छन भने इन्जिनियर समाज नेपालले कोषाध्यक्ष र दुई सदस्यताको लागि उमेद्वारी दिएको छ ।

यो चुनाबमा नेपालकाे कुल ईन्जिनियरको ३६ प्रतिशत इन्जिनियरहरू मात्र अर्थात १७ हजारको सहभागीता हुने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै