• २०८१ बैशाख ४ मंगलबार

इन्जिनियर्स एशोसिएन चुनावी बहस  : महिला इन्जिनियरको संख्या बढाउनुपर्नेमा जोड 

kharibot

काठमाडौँ। नेपाल इन्जिनियर्स एशोसिएनको ३२औ कन्द्रिय कार्यकारिणी समितिको निर्वाचनलाई ध्यानमा राख्दै पुल्चोक क्याम्पस इञ्जिनियरिङ्ग अध्ययन संस्थान स्नातकोत्तर मञ्चले शनिबार पनि चुनावी बहस गरेको छ।  यहि २८ गते हुन लागेको चुनावको लागि बहस गरिएको हो ।

इन्जिनियर स्नातकोत्तर विद्यार्थी अभिनाश अमरले मध्यस्थता गरेको उक्त बहसमा लोकतान्त्रिक तर्फका सह-कोषाध्यक्षकी उम्मेदवार जानुका थापा र प्रगतिशील समुहबाट सह-कोषाध्यक्षकी उम्मेदवार चन्दमाला श्रेष्ठ सहभागी भएका थिए ।

बहसमा इन्जिनियर थापाले महिला इन्जिनियर सोसाइटी बनाउनु पर्नेमा जोड दिदै समस्त इनिजियरहरुको हितमा ध्यान दिनुपर्नेमा जोड दिएकी छन्। थापाले इन्जिनियरको न्युनतम तलब एक लाख हुनुपर्नेमा आफुहरुको जोड रहेको बताएकी छन्। 

त्यस्तै प्रगतिशील तर्फकी उम्मेदवार चन्दमालाले महिलाको शन्ति सुरक्षा, रोजगारका विषयमा ध्यान दिनुपर्ने बताउदै महिला इन्जिनियरहरुको उत्पादन बढाउन आफुहरुले पहल गर्ने बताएकी छन्। उनले इन्जिनियरहरु पढ्ने ठाउमा अराक्षण गरेर महिला इन्जिनियरको संख्या बढाउनु पर्ने बताईन। पहिला महिला इन्जिनियरको संख्या बढाउन नै पहल गर्नुपर्नेमा जोड दिएकी छन्। 

बहसमा स्थानीय तहमा इन्जिनियरहरुलाई काम गर्न गार्हो रहेको विषयमा पनि छलफल भएको थियो। बहसमा इन्जिनियरहरुको नेतृत्वमा महिला पुग्नु पर्नेमा जोड दिइएको थियो।   

केन्द्रीय कार्यकारिणी समितिको लागि हुन गइरहेको उक्त चुनावमा लोकतान्त्रिक र प्रगतिशील समुहले सबै पदको लागि चुनावी मैदानमा छन भने इन्जिनियर समाज नेपालले कोषाध्यक्ष र दुई सदस्यताको लागि उमेद्वारी दिएको छ ।

यो चुनाबमा नेपालकाे कुल ईन्जिनियरको ३६ प्रतिशत इन्जिनियरहरू मात्र अर्थात १७ हजारको सहभागीता हुने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै