• २०८१ बैशाख १२ बुधबार

इन्जिनियर्स एशोसियन चुनावी बहस : इन्जिनियरहरूको हकहित र मर्यादाको लागि काम गर्ने प्रतिबद्धता 

kharibot

काठमाडौँ। नेपाल इन्जिनियर्स एशोसिएनको ३२औ कन्द्रिय कार्यकारिणी समितिको निर्वाचनलाई ध्यानमा राख्दै पुल्चोक क्याम्पस इञ्जिनियरिङ्ग अध्ययन संस्थान स्नातकोत्तर मञ्चले मंगलबार पनि चुनावी बहस गरेको छ।  यहि २८ गते हुन लागेको चुनावको लागि बहस गरिएको हो ।

मंगलबारको बहसमा महासचिवका उम्मेदवारबीच बहस भएको छ। बहसमा लोकतान्त्रिक समुहका उम्मेदवार अभिमन्यु लाल सिंह र प्रगतिशील समुहका महासचिव छविराज पोख्रेल बिच अन्तर्क्रिया कार्यक्रम भएको छ।

लोकतान्त्रिक समुहका महासचिव सिंहले लोकतान्त्रिक समुहले इन्जिनियरहरूको हकहित र मर्यादाको लागि काम गर्दै,इन्जिनियरको पक्षमा आवाज उठाउदै  आएको बताउदै भुकम्पको बेलामा ८० हजार घरधुरीलाई निशुल्क सेवा उपलव्ध गराएको, पेशागत इन्जिनियरलाई सचिव पदसम्म पुर्याउने काम गरेको ,भातृ संगठन नभई स्वतन्त्र रुपले काम गरेको, अक्षयकोषको व्यवस्था गरेको, एकता र कामको अधारमा पनि लोकतान्त्रिक समुहले जित्ने सिहले बताए ।

सिंहले डिजिटल लाइबेरी बनाउने, इन्जिनियरिङ सर्भिस यक्ट ल्याउने, प्रोजेक्ट सकिएपछि जवलेस हुन नपरोस भन्नका लागि दीर्घकालीन रुपमा नयाँ इन्जिनियरहरुलाई सहयोग गर्ने खालका कार्य गर्ने बताए । सिंहले पोख्रेललाई प्रश्न गर्दै भने लोकतान्त्रिक समुहले नगरेको के छ जुन तपाईले गर्न सक्नुहुन्थ्यो ? उनले इन्टनसिपको लागि विश्वविद्यालयमा पहल गरि पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउदै घोषणापत्रमा लेखेर मात्र नहुने बताए।

प्रगतिशील समुहका पोख्रेलले विधान भन्दा पनि नेतृत्वको इच्छाशक्ति कमजोर भएको बताए ।लोकतान्त्रिक समूह चुकेको भन्दै लामो समयमा धेरै काम गर्न नसको बताए ।

पोख्रेलले दुर्घटना विमा, न्युनतम तलव तोक्ने, इन्जिनियरलाई सातौ तह भन्दा तल्लो तहमा लिन नपाईने, सातै प्रदेशमा २ वर्ष भित्रमा एसोसियसन भवन बनाउने,अध्ययन अनुसन्धानलाई ध्यान दिने,व्यक्तित्व विकासको लागि काम गर्ने बताउदै घोषणापत्रमा भएको ८० प्रतिशत काम गर्न नसके अर्को पटक उमेद्वार नबन्ने बताए । पोख्रेलले लोकतान्त्रिक समुहले ५० प्रतिशत पुरानै कुरा, २० प्रतिशत प्रगतिशीलको अनुसरण गरेको र बाकी मात्र उसको आफ्नो नयाँ कुरा घोषणापत्रमा रहेको आरोप लगाए ।

केन्द्रीय कार्यकारिणी समितिको लागि हुन गइरहेको उक्त चुनावमा लोकतान्त्रिक र प्रगतिशील समुहले सबै पदको लागि चुनावी मैदानमा छन भने इन्जिनियर समाज नेपालले कोषाध्यक्ष र दुई सदस्यताको लागि उमेद्वारी दिएको छ ।

यो चुनाबमा नेपालकाे कुल ईन्जिनियरको ३६ प्रतिशत इन्जिनियरहरू मात्र अर्थात १७ हजारको सहभागीता हुने भएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै