• २०८१ बैशाख १४ शुक्रबार

अस्ट्रेलिया-भारत टेस्ट : पहिलो इनिङ्गमा अस्ट्रेलिया २३५ मा समेटियो, भारतलाई १५ रनको अग्रता 

kharibot

काठमाडौँ। अस्ट्रेलिया भ्रमण रहेको भारतीय क्रिकेट टिमले पहिलो टेस्टको तेस्रो दिन लन्चसम्म अस्ट्रेलियालाई २३५ रनमा अल आउट गर्दै पहिलो इनिङ्गमा १५ रनको अग्रता लिएको छ। भारतीय बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियाविरुद्ध १५ रनको अग्रता लिन सफल भएका हुन्। 

अस्ट्रेलियाका लागि दोस्रो दिन ६१ रनमा अविजित रहेका ट्राभीज हेडले सर्वाधिक ७४ रन बनाएर आउट भए भने नाथन नियोनले अविजित २४ रनको योगदान गरे। पहिलो इनिङ्गमा अस्ट्रेलियाका लागि पिटर ह्यान्ड्सकम्बले ३४ रन बनाए। उस्मान ख्वाजाले २८ तथा मार्कस ह्यारिसले २६ रनको योगदान दिएका थिए ।

अस्ट्रेलियाविरुद्ध कसिलो बलिङ्ग गर्दै भारतीय बलर जसप्रित बुम्राह र आर आश्विनले ३-३ विकेट लिए भने इशान्त शर्मा र मोहमद सामीले २-२ विकेट लिएका थिए। 

यसअघि दोस्रो दिन दोस्रो दिन अस्ट्रेलियाले ७  विकेट गुमाएर १९१ रन बनाएको थियो । दोस्रो दिनको खेल भारतीय बलरहरुले आफ्नो नियन्त्रणमा लिएका थिए । 

त्यस्तै टेस्टको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गरेको भारतले खराब सुरुवात गरेको थियो। भारतका सुरुका ब्याट्सम्यानहरु सस्तैमा आउट भएपछि चैतेश्वर पुजाराले शतकीय पारी खेलेर भारतलाई सम्मानजनक अवस्थामा पुर्याएका छन्। पुजारा १२३ रन बनाएर रन आउट भएपछि खेल सकिएको थियो।

भारतका लागि रोहित शर्माले ३७ रन बनाए भने रिषव पन्त र आर आश्विनले २५-२५ रनको योगदान गरेका थिए। भारतका ओपनर केएल राहुल २ रन र मुरली विजय ११ रन बनाएर आउट भएका थिए। त्यस्तै कप्तान विराट कोहली पनि केवल ३ रन बनाएर आउट भएपछि भारतीय टिम संकटमा परेको थियो।

भारतलाई रोक्न अस्ट्रेलियाका बलरले उत्कृष्ट बलिङ्ग गरेका थिए। अस्ट्रेलियाका लागि मिचेल स्ट्राक, जोश हजेलवूड, पट कमिन्स र नाथन लिओनले २-२ विकेट लिएका थिए।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै