• २०८१ बैशाख १४ शुक्रबार

मार्शको शतकीय पारीले अस्ट्रेलियाले भारतलाई दियो २९९ रनको लक्ष्य 

kharibot

काठमाडौँ । अस्ट्रेलियाले दोस्रो एकदिवसीय खेलमा भारतलाई २९९ रनको लक्ष्य दिएको छ । अहिले जारी खेलमा अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २९८ रन बनाएको हो ।

अस्ट्रेलियाका लागि शन मार्शले शतकीय पारी खेल्दै १३१ रन बनाएका थिए । मार्शले १२३ बल खेल्दै ११ चौका र ३ छक्कासँगै १३१ रन बनाएका थिए । मार्शको ६२औ एकदिवसीय खेलमा यो सातौ शतक हो ।

त्यस्तै अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४८ रन बनाएका थिए । त्यस्तै मार्कोस स्टोइनिसले २९, उसमान ख्वाजाले २१, पिटर ह्यान्ड्सकबले २० रन बनाएका थिए । त्यसै गरि ओपनर एलेक्स केरीले १८, कप्तान एरोन फिन्चले ६, जिए रिचार्डसनले २ रन बनाएका थिए । पुछारका ब्याट्सम्यान नाथन लियोनले अविजित १२ रन बनाएका थिए ।

भारतीय बलर भुवनेश्वर कुमारले ४ विकेट लिए भने मोहमद सामीले ३ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले एक विकेट लिएका थिए ।

भारतले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।

तीन खेलको एकदिवसीय सिरिजमा अस्ट्रेलियाले पहिलो खेल जित्दै १-० ले अगाडी रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै