• २०८१ बैशाख १५ शनिबार

शृंखला खतिवडा मिस वर्ल्डको अन्तिम १२ मा

kharibot

काठमाडौँ। मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्डको अन्तिम १२ मा पुगेकी छन्। शृंखला एशियाबाट छनौट हुदै अन्तिम १२ मा पुगेकी हुन्। छिमेकी मुलुक भारत भने अन्तिम ३० बाट बाहिरिएको छ। 

क्यरिबियनबाट जमैका, मार्टिनिक त्यस्तै युरोपबाट बेलारुस, फ्रान्स र स्कटल्याण्ड, त्यस्तै अमेरिका क्षेत्रबाट मेक्सिको र पानामा, अफ्रिकाबाट युगान्डा र मरिसस, एशिया र ओसियानियाबाट नेपाल, न्यूजील्याण्ड र थाइल्यान्ड मिस वर्ल्डको अन्तिम १२ मा पुगेका छन्। 

प्रतियोगिता अहिले जारी रहेको छ। 

शृंखला खतिवडाको मिस वर्ल्ड यात्रा :

२३ वर्षकी शृंखला मकवानपुर जिल्लाको हेटौडामा जन्मेकी हुन् | राजनीतिक पृष्टभूमि भएको परिवारमा जन्मेकी उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक गरेकी छिन् | उनको बुवा विरोध खतिवडा नेकपाका नेता हुन् जो मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको सदस्य पनि हुन् | त्यस्तै उनकी आमा मुनु सिग्देल भने नेकपा मकवानपुर जिल्ला कमिटिको अध्यक्ष हुन् र प्रदेश सभाकी सदस्य पनि हुन् | हाल दुवै जना छोरीलाई मिसवर्ल्ड फाइनलमा समर्थन गर्नको लागि चीनमा छन्।  

५ फिट ७ इन्च उचाई भएकी उनी मिस नेपाल २०१८ मा सहभागी भएपछि आफ्नो जीवनले नयाँ मोड लिएको बताएकी थिइन् । २५ प्रतियोगीमध्ये मिस नेपालको फाइनलमा प्रमुख निर्णायकले सोधेको–'समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला' भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनले मिस नेपालको ताज जितेकी थिइन् |

मिस वर्ल्ड २०१८ मा भने शृंखलाको शुरुवात उल्लेखिय रहन सकेन। नोवेम्बर २० मा भएको उत्कृष्ट मोडल प्रतिस्पर्धामा उनले लगाएको गाउनले धोका दिएपछि अपेक्षाकृत प्रदर्शन गर्न सकिनन्। त्यसका बाबजुत पनि शृंखला उत्कृष्ट मोडल प्रतिस्पर्धाको उत्कृष्ट ३२ मा पर्न सफल भइन्। 

त्यसैगरि हेड टु हेड च्यालेन्जका लागि शृंखला अन्य ५ देशका सुन्दरिहरूसित ग्रुप 13 मा परेकी थिईन्। अनलाइन भोटिंगको आधारमा निर्णय हुने सो प्रतिस्पर्धामा शृंखला अत्यधिक मत प्राप्त गरेर सहजै दोस्रो राउन्डमा पुगिन्। तर दोश्रो राउन्डमा सिंगापुरकी सुन्दरिसंग प्रतिस्पर्धा गरेकी उनले निर्णायक मण्डलका तीनवटै सदस्यको मत प्राप्त गरिनन्। प्रतिस्पर्धापछि एक भिडिओद्वरा आफ्ना फ्यानहरूलाई सन्देश दिदै उनले हेड टु हेड च्यालेन्जमा आफ्नो भन्दा सिंगापुरकी सुन्दरीको प्रदर्शन धेरै राम्रो भएको र आफूले भने अपेक्षाकृत प्रदर्शन गर्न नसकेको स्विकारिन् । उनले समयको पावन्दीबारे आफू आवश्यकता भन्दा बढी नै सचेत भएकाले पनि गल्ति हुन सकेको अनुमान गरिन्।

हेड टु हेड च्यालेन्जको माध्यमद्वारा उत्कृष्ट ३० मा प्रवेश गर्न असफल भएपनि उनले त्यसपछि फास्ट ट्रयाक इभेन्ट्सका दुइवटा विधामा निकै ठूलो विजय हासिल गरिन् । मिस मल्टिमिडिया र व्युटी विथ अ प्रपोजजस्त्ता जस्ता महत्वपूर्ण प्रतिस्पर्धाको उपाधि जितेपछि उनलाई मिस वर्ल्ड फाइनलको उत्कृष्ट ३० को ढोका खुल्यो। उनलाई उत्कृष्ट ३० मा प्रवेश गर्नका लागि भने फास्ट ट्रयाक इभेन्ट्सका कुनै एउटा विधा जिते काफी हुन्थ्यो। तर दुवै विधा जितेर उनले आफूलाई उत्कृस्ट सावित गरिन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै