• २०८१ बैशाख १७ सोमबार

इपिएल : ललितपुरले चितवनलाई दियो १४४ रनको लक्ष्य, सन्दीप जोराको विष्फोटक ब्याटिंग 

kharibot

काठमाडौँ।  एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई १४४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिंग गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाउदै १४३ रन बनाएको हो। 

ललितपुरका लागि सोनु तामाङले सर्वाधिक ३५ रन बनाए भने सन्दीप जोराले ८ बलमा २५ रन बनाएर ललितपुरलाई सम्मानजनक अवस्थामा पुर्याएका हुन्। सन्दीपले ८ बलमा ३ छक्का र एक चौका हानेका थिए। त्यस्तै गौरव तोमारले ३०, जयकिसन कोसलावालाले २०, सन्नी पटेलले १९ रन बनाएका थिए। त्यस्तै कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लले ३-३ रन बनाएका थिए। 

चितवनका बलर जर्ज स्कटले २ विकेट लिए भने ललितसिंह भण्डारी, कमलसिंह ऐरी र पउल स्ट्रीरलिङले एक एक विकेट लिएका थिए। 

शनिबार भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्ससँग ललितपुर पराजित भएको थियो भने चितवनले आफ्नो पहिलो खेल खेल्दै छ। केहि बेरमा चितवनले जवाफी ब्याटिंग गर्दै छ।          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै