• २०८१ बैशाख १९ बुधबार

संसदलाई छलेर कर्मचारी समायोजन अध्यादेश जारी 

kharibot

काठमाडौं। सरकारले संसदलाई छलेर राष्ट्रपतिलाई पठाएको कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेकी छन्।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार 'कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५' जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन् । 

संसद छलेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको भन्दै विरोध भइरहदा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन्। यसअघि गत सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। 

बिहीबारको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यो निर्णय भएको जानकारी दिएका थिएनन्। 

अध्यादेशमा कर्मचारीलाई अनिवार्य समायोजनमा जानुपर्ने बाध्यात्मक व्यवस्था छ। सरकारले मन्त्रिपरिषद्बाट पारित गरेर प्रमाणीकरणका लागि समायोजन अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको हो।

अध्यादेशबाट समायोजन विद्येयक ल्याए पनि ६ महिना भित्र संसदमा पेश गर्नु पर्ने कानुनी प्रावधान रहेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै