काठमाडौँ। स्पेनिस ला लिगामा रियल म्याड्रिडले हुएस्कामाथि जित हासिल गरेको छ। गएराती भएको खेलमा रियलले हुएस्कामाथि १-० को जित हासिल गरेको हो।
रियलको जितमा ग्यारेथ वेलले खेलको एक मात्र गोल गरेका थिए। वेलले खेलको आठौ मिनेटमा गोल गरेका थिए। वेलले लामो समयपछि ला लिगामा गोल गरेका छन्। उनले ८०२ मिनेटपछि ल लिगामा गोल गरेका छन्। यस बर्षको बेलुन डो अर जितेपछि पहिलो खेल खेलेका लुका मोड्रीच भने यस खेलमा प्रभावहीन बनेका थिए।
जितपछि रियल म्याड्रिड ला लिगाको चौथो स्थानमा उक्लिएको छ। रियलको १५ खेलमा २६ अंक रहेको छ। शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा रियल ५ अंकले पछाडी रहेको छ। त्यस्तै हुएस्का भने १५ खेलमा ७ अंकसहित लिगको पुछारमा रहेको छ।
रियलले अब अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको अन्तिम खेल सिएसके मस्कोसँग खेल्ने छ।