• २०८१ बैशाख १७ सोमबार

अब इन्स्टग्राममा पनि भ्वाइस म्यासेज 

kharibot

काठमाडौं । इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताको लागि एक नयाँ फिचर ल्याएको छ । इन्स्टाग्रामको यो नयाँ फिचरको माध्यमले प्रयोगकर्ताले भ्वाइस म्यासेज रेकर्ड गरेर आफ्ना साथी र परिवारलाई पठाउन सक्छन् ।

इन्स्टाग्रामको यो नयाँ फिचर एन्ड्रोइड र आईओएस प्रयोगकर्ताको लागि दिइएको हो । यसको लाभ उठाउन प्रयोगकर्ताले इन्स्टाग्रामको एप अपडेट गर्नुपर्नेछ । 

इन्स्टाग्रामले ट्वीटमार्फत प्रयोगकर्ताले आफ्ना फलोअरलाई भ्वाइसम्यासेज पठाउन सक्ने बताएको हो । अब च्याट अप्सनमा गएपछि त्यहाँ माइकको आइकन देखिनेछ ।

प्रयोगकर्ताले यो आइकनलाई लङप्रेस गरेर आफ्नो भ्वाइस म्यासेज रेकर्ड गर्न सक्छन् । यदि भ्वाइस म्यासेजमा केही गडबडी भएको शंका भएमा लेफ्ट स्वाइप गरेर यसलाई रद्द पनि गर्न सकिन्छ । 

प्रयोगकर्ताले आफूले पठाएको भ्वाइस म्यासेज अनसेन्ड पनि गर्न सक्छन् । यसको लागि पठाइएको भ्वाइस म्यासेजमा लङप्रेस गर्दा अनसेन्ड भ्वाइस म्यासेज भन्ने अप्सन आउँछ । 

इन्स्टाग्राम र ह्वाट्सएप दुवैको आधिकारिक कम्पनी फेसबुक हो । फेसबुकले आफ्नो रिभेन्यु बढाउन ह्वाट्सएपमा जसरी नै इन्स्टाग्राममा यो फिचर थपेको हो ।

अब प्रयोगकर्ताले भ्वाइस म्यासेजको लागि इन्स्टाग्रामको पनि प्रयोग गर्ने र यसले प्रयोगकर्ताको संख्या बढाउने अनुमान फेसबुकको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै