• २०८१ बैशाख १७ सोमबार

जेष्ठमा फिर्ता गरेको रकम लिएको भनी चरित्र हत्या गर्न खोजियो - सांसद गोमा देवकोटा 

kharibot

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य, अनेमसंघको कार्यबाहक अध्यक्ष्य तथा प्रतिनिधिसभा सदस्य गोमा देवकोटाले बिना जानकारी घर भाडाको रकम जम्मा गर्ने र प्रचार गर्ने काम भएको भन्दै संसद सचिवालयले माफी माग्नुपर्ने बताएकि छन् । उनले आफुले गत जेष्ठमा फिर्ता गरेको रकम लिएको भनी चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाएकी हुन् । 

संसद सचिवालयमा सम्पत्ति विवरण सबैभन्दा पहिला बुझाउँदा आफ्नो सम्पुर्ण विवरण बुझाएको बताउदै उनले त्यस विवरणमा मेरो काठमाडौंमा मेरो घर भएको जानकारी गराएको र कानुन अनुसार आफ्नो गृह जिल्ला जाँदा आउँदा पाउने सुविधा समेत लिने नगरेको जानकारी गराएकी छन्।

देवकोटाले संसद सचिवालयले भनेको विवरण उपलव्ध गराउँदा गराउँदै र सचिवालयको कमजोरीले गर्दा केही महिना घरभाडा वापतको रकम मेरो खातामा जम्मा भएको र पछी २०७५ जेष्ठ महिनाबाट उक्त रकम समेत मेरो तर्फबाट फिर्ता गरिसकेको जानकारी गराएकी छन्। सचिवालयको असावधानीका कारण कमजोरी भएको र उक्त रकम समेत जेष्ठ मै फिर्ता गरिसकेको अवस्थामा घरभाडा लिनेको नाममा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएकोमा देवकोटाले गम्भिर आपत्ती प्रकट गरेकी छन् ।

उनले समाज रुपान्तरणको अभिष्ट बोकेर लामो राजनैतिक यात्रा तय गरेर हिडेको व्यक्तिलाई यसबाट हतोत्साही गराउने गरी भ्रमपुण समाचार सम्प्रेशण नगर्न समेत आग्रह गरेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै