• २०८१ बैशाख १७ सोमबार

मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु - कमल थापा 

kharibot

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको निधनप्रति दु:ख व्यक्त गर्दै आफुले आफ्नो प्रेरणाको स्रोत र मार्गदर्शक गुमाएको बताएका छन् । कलेजो रोगबाट थलिएका गिरीको काठमाडौको बूढानीलकण्ठमा रहेको निजी निवासमा निधन भएको थियो। 

थापाले भनेका छन्, 'नेपाली राजनीतिका शिखर व्यक्तित्व पूर्व प्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान निधनभएको समाचारले स्तब्ध र मर्माहत भएको छु।मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु।देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छ।दिवंगत आत्माको चीरशान्तिको कामनागर्दै साहरा भाउजु र परिवारमा समवेदना।'

२०३६ सालमा जनमत संग्रह गर्ने तत्कालीन राजा विरेन्द्रको घोषणाप्रति असन्तुष्ट रहँदै श्रीलंकामा बस्दै आएका गिरी ०५९ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा मन्त्रीपरिषदको उपाध्यक्षका रुपमा नेपाल फर्किएका थिए ।

डा.गिरी २०१७ पौष १२ गतेदेखि २०२० पौष ८ गतेसम्म पहिलो पटक प्रधानमन्त्री बनेका थिए। त्यसपछि २०२० फागुन १२ गतेदेखि २०२१ माघ १३ गतेसम्म दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। त्यसपछि तेस्रो पटक २०३२ मङ्सिर १५ गतेदेखि २०३४ भाद्र २७ गतेसम्म प्रधानमन्त्री बनेका थिए। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै