• २०८१ बैशाख १७ सोमबार

नेकपा बैठकमा भिम रावलको आक्रोश

kharibot

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको आजको बैठकमा ८ जनाले आफ्नो धारणा राखेका छन्। बैठकमा नेता भीम रावलले पनि छुट्टै लिखित दस्तावेज पेश गरेका छन् ।

दुई अध्यक्ष र  बामदेव गौतमको प्रतिवेदन पछि सोमबारको बैठकमा हरिबोल गजुरेलले  लिखित रुपमा प्रस्ताव राखेका थिए। आजको बैठकमा नेता रावलले लिखित प्रस्ताव राख्दै राजधानीमा केही दिनअघि सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा सरकार सहआयोजक बनेकोमा तीव्र आक्रोश पोखेका छन् ।

धर्मपरिवर्तन गराउने गतिविधि गर्दै आएको विवादास्पद संस्थाको कार्यक्रम नेपालमा गर्न दिएको र त्यसमा सरकार सहआयोजक बनेकोमा रावलको तीव्र असन्तुष्टि पोखेका थिए । रावलले पेश गरेको दस्तावेजमा नेकपाको विधानका सम्बन्धमा उठेका विषयदेखि चुनावी घोषणापत्र, कार्यदलको प्रतिवेदन र कार्यान्वयन लगायतका विषय समावेश छन् ।

मंगलवारको बैठकमा रावलका साथै शंकर पोखरेल, टोपबहादुर रायमाझी, केशव बडाल, पृथ्वीसुब्बा गुरुङ, सत्यनारायण मण्डल, योगेश भट्टराई र सोमनाथ अधिकारीले धारणा राखेका छन् । 

मंगलवार बिहान ८ बजेबाट शुरू भएको बैठक बिहान ११ बजे सकिएको थियो । अर्को बैठक बुधवार (भोलि) बिहान ८ बजेबाट शुरू हुने भएको छ। नेकपा स्थायी समिति बैठक मंसिर २९ गते शनिबारदेखि शुरू भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै