• २०८१ बैशाख १४ शुक्रबार

लेस्टरविरुद्ध पेनाल्टीमा विजयी हुदै म्यानचेस्टर सिटी लिग कपको सेमिफाइनलमा 

kharibot

काठमाडौँ। म्यानचेस्टर सिटी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराती भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै लिग कपको सेमिफाइनलमा पुगेको हो। 

निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो। पेनाल्टी सुटआउटमा म्यानचेस्टर सिटीका गोल किपर एरो मुरीकले लेस्टरका ४ प्रहार गोल बचाएका थिए। पेनाल्टीमा म्यानचेस्टर सिटीले ३-१ ले खेल जितेको थियो। 

यस अघि सिटीकालाई लामो समयको इन्जुरीबाट फर्किएका केभिन डी ब्रुनेले एक गोल गरेका थिए भने लेस्टरका लागि मार्क अल ब्राइटनले गोल फर्काएका थिए।

लिग कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको म्यानचेस्टर सिटीसँगै लिग वानको टिम बर्टन अल्बिओन पनि लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ। त्यस्तै अन्य क्वाटरफाइनल खेलमा आर्सनल र टोटनह्याम तथा चेल्सी र बोर्नमाउथ खेल्दै छन्।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै